अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई मोदीले दिए बधाई 

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पको पुनः विजयपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिँदै भारत-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पलाई बधाई दिएका हुन् । ‘मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक विजयको बधाई ।’, मोदीले लेखेका छन् । उनले भारत-अमेरिका समग्र र रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन […]

Nov 10, 2024 - 02:15
 0
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई मोदीले दिए बधाई 

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पको पुनः विजयपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिँदै भारत-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पलाई बधाई दिएका हुन् । ‘मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक विजयको बधाई ।’, मोदीले लेखेका छन् । उनले भारत-अमेरिका समग्र र रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन ट्रम्पको दोस्रो कार्यकाललाई महत्वपूर्ण अवसरका रूपमा हेरिरहेका छन् ।

मोदी र ट्रम्पको सम्बन्ध सँधै न्यानो रहँदै आएको छ । जसलाई २०१९ मा अमेरिकामा आयोजना भएको ‘हाउडी मोदी’ र २०२० मा भारतमा आयोजित ‘नमस्ते ट्रम्प’ जस्ता कार्यक्रमहरूले प्रमाणित गरेका छन् ।

फक्स न्युजको प्रक्षेपण अनुसार, ट्रम्पले २७७ इलेक्टोरल मत हासिल गरेका छन्, जसले पेनसिल्भेनिया र जर्जिया जस्ता निर्णायक राज्यहरूमा आफ्नो पकड बलियो बनाएको छ । यससँगै उनी अमेरिकी इतिहासमा लगातार दोस्रोपटक कार्यकालमा पुनः राष्ट्रपति बन्ने दोश्रो व्यक्ति भएका छन् ।

मोदीले अमेरिकासँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउंदै दुई देशबीचको आपसी सहयोगलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् । जसले विश्व स्थिरता र समृद्धिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register