नेरुडे मिर्मिरे लघुवित्तमा ‘गुण्डागर्दी’ले सीमा नाघ्दै, महिला कर्मचारीमाथि दिनदहाडै हातपात !

काठमाडौँ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था मर्जर भएर बनेको नेरुडे मिर्मिरे लघुवित्तमा ‘गुण्डागर्दी’ले सीमा नाघ्दै गएको छ । मर्जरपछि संस्थाभित्र निम्तिएको लफडाले संस्थाभित्र दुई कित्ता (नेरुडे र मिर्मिरे) मा विभाजन भएका कर्मचारीबीच सुरु भएको लफडा उत्कर्षमा पुगेको छ । यहीबीच आन्दोलनका नाममा संस्थामा महिला कर्मचारीमाथी दिनदहाडै हातपात भएको प्रमाण अर्थ सरोकारले फेला […]

Nov 10, 2024 - 07:28
 0
नेरुडे मिर्मिरे लघुवित्तमा ‘गुण्डागर्दी’ले सीमा नाघ्दै, महिला कर्मचारीमाथि दिनदहाडै हातपात !

काठमाडौँ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था मर्जर भएर बनेको नेरुडे मिर्मिरे लघुवित्तमा ‘गुण्डागर्दी’ले सीमा नाघ्दै गएको छ । मर्जरपछि संस्थाभित्र निम्तिएको लफडाले संस्थाभित्र दुई कित्ता (नेरुडे र मिर्मिरे) मा विभाजन भएका कर्मचारीबीच सुरु भएको लफडा उत्कर्षमा पुगेको छ । यहीबीच आन्दोलनका नाममा संस्थामा महिला कर्मचारीमाथी दिनदहाडै हातपात भएको प्रमाण अर्थ सरोकारले फेला पारेको छ ।

संस्थाको कोशी प्रदेशस्थित कटारी शाखामा कार्यरत केन्द्र व्यवस्थापक रुपा श्रेष्ठलाई आन्दोलनरत साबिकको नेरुडेका कर्मचारीले हातपात गरेको भेटिएको हो । श्रेष्ठ साबिकको मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट आएकी कर्मचारी हुन् ।

मर्जरपछि विभिन्न माग राख्दै आन्दोलन गरिरहेका नेरुडेका कर्मचारीले आन्दोलन चलिरहेका बेला कार्यालय किन खोलेको भन्दै श्रेष्ठमाथि हातपात गरेको संस्थाका एक कर्मचारीले बताएका छन् । ती कर्मचारीका अनुसार श्रेष्ठले संस्थाको हेडअफिसबाट जारी भएको परिपत्र अनुसार सो दिन कार्यालय खोलेकी थिइन् ।

संस्थाको निर्देशन अनुसार नै कार्यालय खोलेर सेवा प्रवाह गरिरहेको अवस्थामा अचानक साबिकको नेरुडेका कर्मचारी आएर ‘कार्यालय किन खोलेको ? बन्द गर’ भन्दै हातपात गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षका अनुसार उक्त घटनाको विषयमा संस्थाका उच्च व्यवस्थापनलाई भिडियोसहित जानकारी गराउँदा पनि घटनाप्रति संस्थाले कुनै चासो नदेखाएको बरु भित्रभित्रै घटना दबाउन खोजेको पीडित पक्षले आरोप लगाएका छन् ।

सोही दिन रुपन्देहीको गोनाहा शाखामा पनि केन्द्र व्यवस्थापन पशुपति चौधरीलाई आन्दोलनरत कर्मचारीले दुई घण्टा कार्यालयमै थुनेर राखेका थिए । उक्त घटनाको विषयमा पीडित पशुपति चौधरीले संस्थामा छानबिन गरी आवश्यक कारबाही गरिपाउँ भनी निवेदनसमेत दिएको पाइएको छ । चौधरी पनि मिर्मिरेबाट आएकी हुन् । उक्त घटनाबारेमा पनि संस्थाले कुनै एक्सन नलिएको पीडितको भनाई छ । उदयपुरको कटारी शाखा र रुपन्देहीको गानाहा उपशाखामा महिला कर्मचारीमाथि भएको दुव्र्यवहारको घटनाप्रति मिर्मिरे लघुवित्त कर्मचारी संगठनले विज्ञप्ति निकालेरै छानबिन र दोषीमाथि कारबाही माग गरेको छ ।

यता संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्यालले भने उक्त घटनाको विषयमा आफू जानकार रहेको र अनुसन्धान अघि बढिसकेकोले संस्थाको नियमानुसार दोषीमाथि कारबाही गरिने बताएका छन् । ‘अहिले हामी ठूलो दुर्घटनाबाट बाँचेका छौँ ।’, निमिष आचार्यमाथि भएको कुटपिटको घटनालाई उदृत गर्दै सीईओ बस्यालले भने, ‘अहिले हाम्रो ध्यान यो ठूलो घटनामा केन्द्रित छ । यो घटनामा सम्बन्धित कर्मचारीसँग स्पष्टिकरण सोधेका छौँ । उनीहरुलाई आवश्यक कारवाहीपछि महिला कर्मचारीमाथि भएका घटनामा पनि छानबिन हुन्छ र दोषीमाथि कारवाही गर्छौं ।

त्यस्तै, केही दिनअघि संस्थाको कोशी प्रादेशिक कार्यालयका सहायक निमिष आचार्यमाथि आन्दोलनरत कर्मचारीले कार्यालयको ढोका थुनेर, सीसीटिभी अफ गरेर मरणासन्न हुनेगरी कुटपिट गरेको घटना अर्थ सरोकारले सार्वजनिक गरेको थियो । हाल आचार्य उपचाररत अवस्थामा छन् भने घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register