शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश दिने

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश दिने भएको हो । बैंकको कार्तिक २३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित […]

Nov 10, 2024 - 08:34
 0
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश दिने

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको कार्तिक २३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।  गत वर्ष शाइन रेसुङ्गाले ११ .०५ प्रतिशत लाभांश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register