प्लेन टिकट भाडामा चर्को महँगाईको विरोधमा सांसद बजगाईँको सांकेतिक प्रदर्शन (फोटोहरू)

सांसद बजगाईँले सरकारको ध्यानाकर्षण गराउँदै भने, “नेपालभित्र रोजगारका अवसर नहुँदा परिवार र सन्तान छाडेर विदेशिनुपरेका नागरिकमाथि महँगो भाडा थोपर्नु अन्याय हो । यो जनताको लागि झन् बोझ भएको छ ।”

Nov 10, 2024 - 08:34
 0
प्लेन टिकट भाडामा चर्को महँगाईको विरोधमा सांसद बजगाईँको सांकेतिक प्रदर्शन (फोटोहरू)

काठमाडौं । आकाशिएको टिकट भाडा र यसले पर्यटन क्षेत्रमा ल्याएको अस्तव्यस्तताप्रति लक्षित गर्दै माइतीघर मण्डलामा सांसद राजेन्द्र बजगाईँले सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

गोरखा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सांसद बजगाईँले स्वदेशमा रोजगार नपाई नेपाली दाजुभाइ-दिदीबहिनी विदेश जान बाध्य भइरहेका बेला, वायुसेवा कम्पनीले अनुचित रूपमा महँगो भाडा लादेको भन्दै आक्रोश पोखे ।

सांसद् बजगाईँले सरकारको ध्यानाकर्षण गराउँदै भने, “नेपालभित्र रोजगारका अवसर नहुँदा परिवार र सन्तान छाडेर विदेशिनुपरेका नागरिकमाथि महँगो भाडा थोपर्नु अन्याय हो । यो जनताको लागि झन् बोझ भएको छ ।”

यस प्रदर्शनको माध्यमबाट उनले वायुसेवा कम्पनीहरूको अनियन्त्रित भाडादरको विरुद्धमा कडा नीति बनाउन र जनताको पक्षमा उभिन सरकारलाई दबाब दिन खोजेका छन् ।

प्रदर्शनको माध्यमबाट उनले जनप्रतिनिधिले जनताको समस्यामा साथ दिनुपर्ने र विदेशिने नेपालीको चासो र समस्या सुन्ने र समाधान खोज्ने दायित्व सरकारको भएको सन्देश दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register