नेपाल–बङ्गलादेश साफ महिला फुटबल फाइनलको टिकट बिक्री रोकियो, भीड व्यवस्थापन चुनौती

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेशबीच हुने खेलको टिकट बिक्री स्थगित गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार बेलुका ६:३० बजे हुने फाइनल खेलका लागि टिकट अर्को सूचना नआएसम्म रोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । आइतबार नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दर्शकको सङ्ख्या रङ्गशालाको क्षमताभन्दा बढी भएपछि एन्फाले […]

Oct 29, 2024 - 02:19
 0
नेपाल–बङ्गलादेश साफ महिला फुटबल फाइनलको टिकट बिक्री रोकियो, भीड व्यवस्थापन चुनौती

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेशबीच हुने खेलको टिकट बिक्री स्थगित गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार बेलुका ६:३० बजे हुने फाइनल खेलका लागि टिकट अर्को सूचना नआएसम्म रोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

आइतबार नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दर्शकको सङ्ख्या रङ्गशालाको क्षमताभन्दा बढी भएपछि एन्फाले खेलाडी र दर्शकको सुरक्षाका लागि यो निर्णय गरेको हो ।

टिकटिङ जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यो विषयमा थप अनुसन्धान गरेर मात्र टिकट बिक्रीको निर्णय गरिने एन्फाले जनाएको छ ।

सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्री गर्दा उत्पन्न हुने समस्यामा एन्फा जवाफदेही नहुने चेतावनी पनि दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register