रुसी आक्रमणबाट ६ जनाको मृत्यु भएपछि युक्रेनले जारी गर्‍यो हवाई सतर्कता

किएभ । युक्रेनको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशका अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् । ‘ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग–३१के उडान भयो,’ युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै पोस्ट गरेको छ । यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी युक्रेनमा […]

Nov 11, 2024 - 06:10
 0
रुसी आक्रमणबाट ६ जनाको मृत्यु भएपछि युक्रेनले जारी गर्‍यो हवाई सतर्कता

किएभ । युक्रेनको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशका अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् ।

‘ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग–३१के उडान भयो,’ युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै पोस्ट गरेको छ ।

यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी युक्रेनमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । यो घटना मस्को र किएभले एक अर्कामाथि रेकर्ड सङ्ख्यामा राति ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो ।

क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी शहर मिकोलाइभमा पाँच जनाको मृत्यु भएको छ भने जापोरिझ्जियामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

‘पाँच जनाको मृत्यु भएको छ,’ मिकोलाइभका गभर्नर भिटाली किमले सोमबार बिहान टेलिग्राममा लेखे । यसअघि चार जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा धेरै आवासीय भवनमा आगलागी भएको थियो ।

पूर्वतर्फ करिब तीन सय किलोमिटर टाढा जापोरिझ्जियामा युक्रेनको राज्य आपत्कालीन सेवा एजेन्सीले रुसले गरेको तीन वटा हवाई आक्रमणमा एक पुरुषको मृत्यु भएको र धेरै भवन क्षतिग्रस्त भएको जनाएको छ ।

जापोरिझ्जियाका गभर्नर इभान फेडोरोभका अनुसार पाँच बालबालिकासहित १८ जना घाइते भएका छन् । ‘चार, १६ र १७ वर्षका बालक र १५ र १७ वर्षका बालिकाले आवश्यक चिकित्सा सहायता पाएका छन्,’ उनले टेलिग्राममा भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि एक सय ४५ वटा ड्रोन प्रहार गरेको छ । यो जुन द्वन्द्वका क्रममा एकैरातको आक्रमणमा अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

रुसले आइतबार मस्कोतर्फ लक्षित ३४ वटा युक्रेनी ड्रोन खसालेको पनि बताएको छ । यो सन् २०२२ मा युद्ध सुरु भएयता राजधानीमाथि गरिएको सबैभन्दा ठूलो आक्रमण प्रयास थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register