दोस्रो विश्व दर्शन योग प्रतियोगितामा विद्यार्थीहरू पुरस्कृत

काठमाडौं । ‘सन्तुलित जीवन नै योगको मुख्य आधार हो’ भन्ने सन्देशसहित विश्व दर्शन अभियान नेपाल संस्थाले ‘दोस्रो विश्वदर्शन योग प्रतियोगिता– २०८१’ सम्पन्न गरेको छ । स्वस्थ, शान्त, खुसी एवं आनन्दित जीवनका लागि ऋषिमुनिहरूले प्रतिपादन गरेको योग साधनालाई मानवजातिले अवलम्बन गर्नु अपरिहार्य रहेको सन्देश प्रवाह गर्न चाँगुनारायण–४, शंखदहमा स्थित ग्रामीण अपांगत भवनमा सो प्रतियोगिता आयोजना गरिएको […]

Dec 16, 2024 - 10:47
 0
दोस्रो विश्व दर्शन योग प्रतियोगितामा विद्यार्थीहरू पुरस्कृत

काठमाडौं । ‘सन्तुलित जीवन नै योगको मुख्य आधार हो’ भन्ने सन्देशसहित विश्व दर्शन अभियान नेपाल संस्थाले ‘दोस्रो विश्वदर्शन योग प्रतियोगिता– २०८१’ सम्पन्न गरेको छ ।

स्वस्थ, शान्त, खुसी एवं आनन्दित जीवनका लागि ऋषिमुनिहरूले प्रतिपादन गरेको योग साधनालाई मानवजातिले अवलम्बन गर्नु अपरिहार्य रहेको सन्देश प्रवाह गर्न चाँगुनारायण–४, शंखदहमा स्थित ग्रामीण अपांगत भवनमा सो प्रतियोगिता आयोजना गरिएको हो ।

सानै उमेरदेखि योग साधनाप्रति प्रेरित गर्ने उद्देश्यले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई प्रशिक्षण गरी योगाभ्यासको एक अंग आसनहरूको प्रदर्शन गराइएको
संस्थाका अध्यक्ष योग गुरु नारायणप्रसाद भट्टराईले बताए ।

सो प्रतियोगितामा कक्षा ४ सम्म, कक्षा ५ र ६ र कक्षा ७ र ८ का छात्रछात्राको बेग्लाबेग्लै कठिन योगासन प्रदर्शन गराएर मूल्याङ्कन गरिएको थियो । त्रिभुवन विश्वविद्यालयका योग अध्यापक गुरुहरू डा. कृष्णशरण (टी.पी. धमला) र डा. आनन्द गैरेले निर्णायकको कुशल भूमिका निर्वाह गरे ।

प्रतियोगिता उद्घाटनमा कतारका लागि पूर्व राजदूत डा. माया शर्मा, चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोजबहादुर तामाङ्ग, वेदाचार्य द्रोण सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

काठमाडौं महानगरपालिका अन्तर्गतका कैलाशबोधी स्कुल बौद्ध र विपुल पाठशाला नयाँ बस्ती, कागेश्वरीमनोहरा नगरपालिका अन्तर्गतका अक्षरा स्कुल, अर्किड स्कुल, अक्षरिका स्कुल, हाइली क्रियटिभ स्कुल, विद्या आर्जन स्कुल, प्रारम्भ एकेडेमी, किड्सी लिबर्टी स्कुल, शिक्षालय नेपाल, श्रीयन्त्र स्कुल र गोकर्णेश्वर नयाँ बस्तीको टाइमलाइन स्कुलका विद्यार्थीहरूले सो प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा कक्षा ४ सम्मका छात्रा समूहको प्रदर्शनमा हाइली क्रियटिभ स्कुलकी शिरिषा मगर प्रथम, शिक्षालय नेपालकी आर्यना आचार्य द्वितीय, विद्या आर्जन स्कुलकी कृष्टिना गोले तृतीय र किड्स लिबर्टी स्कुलकी आयुश्री खनालले सान्त्वना स्थान हासिल गरिन् ।

त्यसै गरी छात्रतर्फ प्रारम्भ एकेडेमीका गणेश तामाङ्ग प्रथम, हाइली क्रियटिभ स्कुलका गिदन राई द्वितीय, अक्षरिका स्कुलका आरभजंग थापा तृतीय र हाइली क्रियटिभ स्कुलका सुशन थापाले सान्त्वना स्थान प्राप्त गरे ।

त्यस्तै कक्षा ५ र ६ का छात्रा समूहको प्रदर्शनमा शिक्षालय नेपालकी सदीक्षा डोटेल प्रथम, हाइली क्रियटिभ स्कुलकी वर्षा आचार्य द्वितीय, श्रीयन्त्र स्कुलकी परिधि भट्टराई तृतीय र हाइली क्रियटिभ स्कुलकी निख्क्षिका पौडेलले सान्त्वना स्थान तथा छात्र समूहको प्रदर्शनमा श्रीयन्त्र स्कुलका रञ्जित थापा मगर प्रथम, टाइमलाइन स्कुलका अविराज तामाङ्ग द्वितीय, प्रारम्भ एकेडेमीका रिजन खड्का तृतीय र अक्षरिका स्कुलका आशिष थापाले सान्त्वना स्थान प्राप्त गरे ।

त्यसै गरी कक्षा ७ र ८ का छात्रा समूहमा अक्षरिका स्कुलकी प्रजुना कार्की प्रथम, कैलाशबोधी स्कुलकी डिकी साङ्मो लामा द्वितीय, हाइली क्रियटिभ स्कुलकी विनिता बोहोरा तृतीय र श्रीयन्त्र स्कुलकी अस्मिता ढुङ्गानाले सान्त्वना साथै छात्र समूहमा अक्षरिका स्कुलका अनुज कार्की प्रथम, प्रारम्भ एकेडेमीका आसमान मगर द्वितीय, अर्किड स्कुलका शिशिर जिरेल तृतीय र विपुल पाठशालाका सुशांक घिमिरेले सान्त्वनाको स्थान सुरक्षित गरे ।

प्रत्येक समूहका प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्नेहरूले प्रोत्साहनस्वरूप क्रमशः पन्ध्र सय पाँच, एक हजार पाँच र पाँच सय पाँच रुपैयाँको साथमा प्रमाणपत्र, ट्रफी, मेडल, टिसर्ट प्राप्त गरे । यसै गरी सान्त्वना हासिल गर्नेहरूलाई ट्रफी, टिसर्ट र प्रमाणपत्र र प्रत्येक सहभागीलाई प्रमाणपत्र एवं टिसर्ट प्रदान गरियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register