के-पप गायिका सङलाई ८ वर्षको जेल सजाय

काठमाडौं । डीजे येसोङ र के-पप समूह इन्स्टारकी गायिका तथा डिजे एन–ए–सङ(Ahn Ye Song)लाई ८ वर्षको जेल सजाय सुनाइएको छ । आफूले चलाएको गाडीको ठक्करबाट एक डेलिभरी कर्मचारीको मृत्यु भएको घटनामा उनलाई जेल सजाय सुनाइएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएको छ । घटना फेब्रूअरी २०२४ मा सियोलको गंगनम जिल्लामा भएको थियो । जसक्रममा ५० वर्षीय मोटरसाइकल […]

Dec 16, 2024 - 10:23
 0
के-पप गायिका सङलाई ८ वर्षको जेल सजाय

काठमाडौं । डीजे येसोङ र के-पप समूह इन्स्टारकी गायिका तथा डिजे एन–ए–सङ(Ahn Ye Song)लाई ८ वर्षको जेल सजाय सुनाइएको छ ।

आफूले चलाएको गाडीको ठक्करबाट एक डेलिभरी कर्मचारीको मृत्यु भएको घटनामा उनलाई जेल सजाय सुनाइएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएको छ ।

घटना फेब्रूअरी २०२४ मा सियोलको गंगनम जिल्लामा भएको थियो । जसक्रममा ५० वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

सुरुमा सङलाई दश वर्षको जेल सजाय सुनाइएको थियो । तर, पुनरावेदन र पीडित परिवारसँगको सम्झौतापछि डिसेम्बर १० मा त्यहाँको सर्वोच्च अदालतले आठ वर्ष सजायको फैसला सुनाएको हो ।

२४ वर्षीया ए–सङका वकिलले गायिकाले अभियोग स्वीकारेकी छन् । उनले भनिन्, “त्यतिबेला कामको अभावले गर्दा म गम्भीर आर्थिक कठिनाइको सामना गरिरहेको थिएँ र मद्यपान गर्न अस्वीकार गर्न नसक्ने जमघटमा उपस्थित हुन दबाबमा थिएँ । यसले दुर्भाग्यपूर्ण त्रासदीको निम्त्यायो । र म आफ्नो कार्यप्रति गहिरो पश्चाताप गर्छु ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register