मिरिकमा कवि अधिकारीका एकल कविता वाचन

काठमाडौं । भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत बुधबार सम्पन्न कार्यक्रममा कवि अधिकारीले विसं २०३६ देखि २०८१को अवधिमा लेखिएका करिब दुई दर्जन कविता वाचन गरे । त्यस अवसरमा कवि अधिकारीले लेखनका […]

Nov 11, 2024 - 06:22
 0
मिरिकमा कवि अधिकारीका एकल कविता वाचन

काठमाडौं । भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत बुधबार सम्पन्न कार्यक्रममा कवि अधिकारीले विसं २०३६ देखि २०८१को अवधिमा लेखिएका करिब दुई दर्जन कविता वाचन गरे ।

त्यस अवसरमा कवि अधिकारीले लेखनका सम्बन्धमा आफ्ना मान्यता र वाचित सिर्जनासँग जोडिएका प्रसङ्गहरु सुनाएका थिए । आयोजक संस्थाका अध्यक्ष एवम् समालोचक राजबहादुर राईले समाज र जीवनका विविध पक्षमा लेखिएका कवि अधिकारीका कविता र गीत उत्कृष्ट रहेकाले विभिन्न भाषामा अनुवाद हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।

संस्थाकी सचिव शीला लामाले यस्ता कार्यक्रमले स्रष्टाको सम्मान थपिने धारणा राखेकी थिइन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register