अमेरिकाको सीमा र निर्वासन नीति प्रमुखमा टम होमन

काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो नयाँ प्रशासनमा सीमाना र निर्वासन नीति प्रमुखमा टम होमन (Tom Homan)लाई नियुक्त गर्ने बताएका छन् । राष्ट्रपति निर्वाचित भएका ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा यो नियुक्ति पुष्टि गरेका हुन् । ट्रम्पको पहिलो कार्यकालमा आप्रवासन तथा सीमा शुल्क प्रवर्तन आईसको कार्यवाहक निर्देशकका रूपमा सेवा गरेका होमनलाई व्यापक जिम्मेवारी दिइनेछ, जसमा ट्रम्पका […]

Nov 11, 2024 - 06:28
 0
अमेरिकाको सीमा र निर्वासन नीति प्रमुखमा टम होमन

काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो नयाँ प्रशासनमा सीमाना र निर्वासन नीति प्रमुखमा टम होमन (Tom Homan)लाई नियुक्त गर्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचित भएका ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा यो नियुक्ति पुष्टि गरेका हुन् ।

ट्रम्पको पहिलो कार्यकालमा आप्रवासन तथा सीमा शुल्क प्रवर्तन आईसको कार्यवाहक निर्देशकका रूपमा सेवा गरेका होमनलाई व्यापक जिम्मेवारी दिइनेछ, जसमा ट्रम्पका प्रमुख चुनावी प्रतिबद्धता समेटिनेछन्।

ट्रम्पले होमनलाई सीमाना प्रमुखको रूपमा उल्लेख गरेका छन्, जसले दक्षिणी सीमादेखि हवाई सुरक्षासम्मका मामिलाहरूको निरीक्षण गर्नेछन्।

६२ वर्षीय होमनले अवैध सीमा क्रसिङ रोक्न आप्रवासीका बच्चालाई उनीहरूको आमाबुवाबाट अलग गर्नुपर्ने प्रस्तावको समर्थन गरेका थिए । उनले नरम इमिग्रेसन नीतिका पक्षधर राजनीतिज्ञलाई अपराधको आरोप लगाउनुपर्नेसमेत बताएका थिए ।

उनले सन् २०१८ मा ट्रम्पको कार्यकालको बीचमा नै राजीनामा दिए तर, समर्थक भने गरिराखे ।

साथै, होमनलाई अवैध आप्रवासीहरूलाई उनीहरूको मूल देशमा फर्काउने सबै निर्वासनको जिम्मा पनि दिने तयारी छ । यसबारे थप जानकारी आउन बाँकी छ ।

को-को बन्लान् ट्रम्पका नयाँ सहयोगी, यस्तो बन्न सक्छ टिम

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register