सस्तोमा ल्यापटप मिलाइदिने भन्दै  २७ लाखभन्दा बढी ठगी गर्ने  व्यक्तिहरु पक्राउ 

काठमाडौँ।  अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की माछापुच्छ्रे गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय सुजन पौडेललाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।  सुजन समेतका व्यक्तिहरूले अनलाइन मार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराई दिने भनी विश्वास दिलाई पीडितबाट  ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रूपैयाँ रकम लिई ल्यापटप नदिई ठगी गर्ने कार्यमा […]

Nov 11, 2024 - 08:33
 0
सस्तोमा ल्यापटप मिलाइदिने भन्दै  २७ लाखभन्दा बढी  ठगी गर्ने  व्यक्तिहरु पक्राउ 

काठमाडौँ। 

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की माछापुच्छ्रे गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय सुजन पौडेललाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । 

सुजन समेतका व्यक्तिहरूले अनलाइन मार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराई दिने भनी विश्वास दिलाई पीडितबाट  ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रूपैयाँ रकम लिई ल्यापटप नदिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौँ ठमेल नर्सिङचोकबाट पक्राउ गरेको हो । 

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register