दलीय भागबन्डा पुर्‍याउन बागमतीमा पुन: मन्त्रालय फुटाइँदै

गत साउन ९ मा मुख्यमन्त्री तामाङसँगै बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका मदुकुमार श्रेष्ठले अहिलेसम्म पनि जिम्मेवारी पाएका छैनन् ।

Nov 11, 2024 - 10:58
 0
दलीय भागबन्डा पुर्‍याउन बागमतीमा पुन: मन्त्रालय फुटाइँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मन्त्रालय फुटाउने तयारी गरेका छन् ।

दलीय भागबन्डा पुर्‍याउन मन्त्रालय फुटाउन लागिएको हो । स्रोतका अनुसार नेपाली कांग्रेसका विमल ठकुरीले नेतृत्व गरिरहेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाइने भएको छ ।

सहकारी मन्त्रालय फुटाउने सन्दर्भमा सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच समझदारी भइसकेको स्रोतको दाबी छ । “यही हप्ताभित्र मन्त्रालय फुटाएर सबै मन्त्रीहरूलाई जिम्मेवारी दिइन्छ,” स्रोत भन्छ ।

गत साउन ९ मा मुख्यमन्त्री तामाङसँगै बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका मदुकुमार श्रेष्ठले अहिलेसम्म पनि जिम्मेवारी पाएका छैनन् । विभागीय जिम्मेवारी नपाएपछि अहिले पनि उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एउटा कोठामा बस्दै आएका छन् ।

उनकै निम्ति मन्त्रालय फुटाउन परेको एमाले नेताहरूले बताएका छन् । मन्त्री नियुक्त गर्दा ध्यान नपुगेको भन्दै एमाले नेताहरूले मन्त्रालय फुटाउनु राम्रो नभएको बताएका छन् ।

हाल बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, कृषि तथा पशुपन्छी, खानेपानी, ऊर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार, वन तथा वातावरण, श्रम, रोजगार तथा यातायात, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, संस्कृति, पर्यटन तथा सहकारी, सामाजिक विकास, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय गरी १३ मन्त्रालय छन् ।

अब सहकारी मन्त्रालय फुटाएसँगै मन्त्रालयको सङ्ख्या १४ हुने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register