महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

भक्तपुर । यहाँस्थित जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क संकलन तथा अद्यावधिक नगरेको पाइएको छ । कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको पाइएको हो । कार्यालयले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर डेङ्गीको उच्च जोखिममा परेको जनाएको छ । तर जोखिमको अवस्था, बिरामीको सङ्ख्या, […]

Nov 11, 2024 - 13:05
 0
महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

भक्तपुर । यहाँस्थित जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क संकलन तथा अद्यावधिक नगरेको पाइएको छ । कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको पाइएको हो ।

कार्यालयले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर डेङ्गीको उच्च जोखिममा परेको जनाएको छ । तर जोखिमको अवस्था, बिरामीको सङ्ख्या, रोकथामबारे प्रश्न गर्दा भने जवाफ प्राप्त हुन सकेन ।

जिल्ला जनस्वास्थ्य प्रमुख शान्तिराम खतिवडाले पत्रकार सम्मेलनमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा परीक्षण नै नगर्ने डेङ्गीका बिरामी धेरै रहेको अनुमान गरे। उनले कतिपयले निजी अस्पताल एवं क्लिनिकमा डेङ्गी परीक्षण गर्नेहरुको तथ्याङ्क मात्रै कार्यालयसँग रहेको र अन्य तथ्याङ्क कार्यालयसँग नरहेको बताए ।

उनले भने, “समुदायको लापरबाहीले डेङ्गीको जोखिम बढेको छ, समुदायले आफ्नो टोल सफा राख्न सकेन, महामारी फैलियो ।” प्रमुख खतिवडाले लामखुट्टे नियन्त्रण प्रभावकारी नहुँदा रोग नियन्त्रणमा नआएको बताए ।

उनले डेङ्गी किटको शुल्क बढी लिएर परीक्षण गर्ने स्वास्थ्य सस्ंथाले जनस्वास्थ्य कार्यालयसँग तथ्याङ्क लुकाउन खोज्दा सङ्क्रमितको यथार्थ तथ्याङ्क प्राप्त नभएको बताए । पत्रकार सम्मेलनमा भक्तपुर डेङ्गीको उच्च जोखिममा रहेको तर यसबारे कार्यालयले जानकारी लिन नसकेको कार्यालयका अधिकृत दीपक अच्छामीले बताए।

उनले भने, “जिल्लाका चार वटा नगरपालिकामध्ये भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा डेङगीकोे उच्च जोखिम छ, भक्तपुरमा हालसम्म एक हजार सात सय २९ जनामा डेङ्गी देखिएको जानकारी कार्यालयलाई आएको छ तर त्यसको तेब्बर व्यक्ति सङ्क्रमित रहेको अनुमान छ ।”

सरकारी अस्पतालबाट प्राप्त तथ्याङ्कअनुसार भक्तपुर नगरपालिकामा सात सय ८२, मध्यपुरथिमिमा चार सय ७७, सूर्यविनायकमा दुई सय ५५ र चाँगुनारायणमा ६९ जना डेङ्गी सङ्क्रमित छन् । तर यो तथ्याङ्क वास्तविक नभएको कार्यालयका अधिकृत अछामीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register