चासोक तङ्नाम : झापामा नाचियो याःलाङ, केःलाङ, गुन्जियो हाक्पारे र ख्याली

झापा, ३० मंसिर । लिम्बू समुदायको महान चाड चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । झापाको शिवसताक्षी नगरपालिकास्थित दुधे रंगशालामा बृहत् कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम मनाइएको हो । झापासँगै इलाम, पाँचथर, मोरङ, सुनसरी लगायत जिल्लाबाट जातीय पहिरनमा सजिएर चासोक तङ्नाम मनाउन हजारौंको संख्यामा आएका लिम्बू समुदायले आफ्नो जातीय, मौलिक र परम्परागत विविध प्रस्तुती दिएका [...] The post चासोक तङ्नाम : झापामा नाचियो याःलाङ, केःलाङ, गुन्जियो हाक्पारे र ख्याली appeared first on Jhapa Online.

Dec 16, 2024 - 02:32
 0
चासोक तङ्नाम : झापामा नाचियो याःलाङ, केःलाङ, गुन्जियो हाक्पारे र ख्याली

झापा, ३० मंसिर । लिम्बू समुदायको महान चाड चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ ।

झापाको शिवसताक्षी नगरपालिकास्थित दुधे रंगशालामा बृहत् कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम मनाइएको हो । झापासँगै इलाम, पाँचथर, मोरङ, सुनसरी लगायत जिल्लाबाट जातीय पहिरनमा सजिएर चासोक तङ्नाम मनाउन हजारौंको संख्यामा आएका लिम्बू समुदायले आफ्नो जातीय, मौलिक र परम्परागत विविध प्रस्तुती दिएका थिए ।

च्याब्रुङ (लिम्बू जातिको मौलिक बाजा)को तालमा जातीय पहिरनमा सजिएका युवा–युवतीले केःलाङ (च्याब्रुङ नाच) ले चासोक तङ्नामलाई अझ समाइलो बनाएको थियो । याःलाङ (धान नाच), हाक्पारे, ख्याली (मौलिक गीत) जस्ता लिम्बूको संस्कार–संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुतिसहित चासोक तङ्नाम मनाएको चासोक पर्व मेला संयोजक अग्नि राईले बताउनुभयो ।

झापाको शिवसताक्षीमा कोशी प्रदेशकै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको उहाँ बताउनुहुन्छ ।

नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) शुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाइने याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले बताउनुभयो । “लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ चाड वा पर्व हुन्छ”, उहाँले भन्नुभयो ।

दुधे रंगशालामा आयोजित चासोक तङ्नाम कार्यक्रमको उद्घाटन भने झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बुले उद्घाटन गर्नुभएको थियो । सांसद लिम्बूले आफ्नो भाषा, संस्कृतिको विकास गर्ने क्रममा यसलाई सामाजीकरण गर्दै घर बाहिर सामूहिक रुपमा मनाउन थालिएसँगै पछिल्लो समय यो पर्व साझा पर्वको रुपमा मनाउन थालिएको बताउनुभयो ।
“सबै भाषा, धर्म र संस्कृति मान्ने मानिसले पनि चासोक पर्वमा उपस्थित भएर आफ्नो सहभागिता जनाउनु भएको छ”, उहाँले भन्नुभयो, “त्यसैले यसलाई साझा पर्वको रुपमा मान्नु पर्छ ।”

चासोक तङ्नामको अवसरमा पाँच जना चिकित्सकलाई सम्मान गरिएको छ । लिम्बू समुदायबाट डाक्टर बन्न सफल डा. दिनेश नाल्बो, डा. मदन नेम्वाङ, डा. शम्भुसेन तुम्बापो, डा. खुश्बु आङ्दाम्बे र डा. यागेश चेम्जोङलाई सम्मान गरिएको हो ।

कार्यक्रमम शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा, वडाध्यक्ष सन्त फेउदिन, नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, नेकपा माओवादी केन्द्रका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

The post चासोक तङ्नाम : झापामा नाचियो याःलाङ, केःलाङ, गुन्जियो हाक्पारे र ख्याली appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register