अनेरास्ववियुद्वारा ११ बुँदे माग राख्दै त्रिवि सुधारकाे रुपान्तरण अभियान

काठमाडौं । अनेरास्ववियुले त्रिवि सुधारको रुपान्तरण अभियान अगाडि बढाएको छ । अनेरास्ववियुले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वत: स्थायी गर्ने विषय खारेज गर्न माग गरेको हाे । त्रि.वि सेवा आयोगमार्फत लेक्चरर र कर्मचारीको नयाँ विज्ञापन तत्काल प्रकाशन गर्न माग गरेको छ भने रिक्त डिनलगायतका पदाधिकारी नियुक्तिलगायतको माग राखेर अनेरास्ववियुले अभियान अघि बढाएको छ। यस्तै पाठ्यक्रम विकास […]

Nov 12, 2024 - 13:58
 0
अनेरास्ववियुद्वारा ११ बुँदे माग राख्दै त्रिवि सुधारकाे रुपान्तरण अभियान

काठमाडौं ।

अनेरास्ववियुले त्रिवि सुधारको रुपान्तरण अभियान अगाडि बढाएको छ ।

अनेरास्ववियुले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वत: स्थायी गर्ने विषय खारेज गर्न माग गरेको हाे ।

त्रि.वि सेवा आयोगमार्फत लेक्चरर र कर्मचारीको नयाँ विज्ञापन तत्काल प्रकाशन गर्न माग गरेको छ भने रिक्त डिनलगायतका पदाधिकारी नियुक्तिलगायतको माग राखेर अनेरास्ववियुले अभियान अघि बढाएको छ।

यस्तै पाठ्यक्रम विकास केन्द्रमा हुने चरम लापरवाही, ढिलासुस्ती र बेतिथीको अन्त्य गरी अनावश्यक प्रक्रिया परिमार्जन गर्न माग गरेकाे छ ।

यस्ता छन् मागहरु:

त्रिवि अन्तर्गतका परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र तथा समग्र त्रि वि सुधारका ११ बुँदे माग राख्दै अनेरास्ववियुले त्रिवि सुधारकाे रुपान्तरणकाे अभियान अगाडि बढाएकाे छ ।

मागहरुः

➤त्रि.वि मा कार्यरत आंशिक शिक्षकलाई स्वत: करार गर्ने प्रक्रिया खारेज गर ।

➤त्रि.वि सेवा आयोग मार्फत लेक्चरर र कर्मचारीको नयाँ विज्ञापन तत्काल प्रकाशन गर ।

➤त्रि.वि सेवा आयोगको परीक्षा सञ्चालनका लागि सबै आवश्यक व्यवस्था सुनिश्चित गर ।

➤ विभिन्न संकाय तथा संस्थानका डिन, कार्यकारी निर्देशक, विभागीय/क्याम्पस प्रमुख पदको सबै नियुक्ति प्रक्रिया सार्वजनिक गर, पारदर्शिता कायम गर।

➤त्रि.वि मा महिनौं देखि रिक्त रहेका डिन लगायत पदहरूको यथाशीघ्र नियुक्ति गर ।

➤ त्रि. वि. को विद्यमान अवस्था (शैक्षिक, प्राज्ञिक र प्रशासनिक) सुधार र व्यवस्थित नभएसम्म नयाँ पुराना कार्यक्रमको सम्बन्धनको प्रक्रिया खारेज गर ।

➤विद्यार्थीहरुको उत्तर पुस्तिकामा चरम लापरबाही गर्ने परीक्षा नियन्त्रक लगायतलाई यथाशीघ्र कारबाही गर, परीक्षा नियन्त्रण कार्यालयलाई प्रविधिमैत्री बनाइ अनलाइन प्रणाली सूचारु गर, पनिका को सेवा प्रवाहमा हुने अनावश्यक प्रक्रिया परिमार्जन गर ।

➤पाठ्यक्रम विकास केन्द्रमा हुने चरम लापरवाही, ढिलासुस्ती र बेतिथीको अन्त्य गर, ४८ घण्टा भित्र सेवा प्रवाह गर, अनावश्यक प्रक्रिया परिमार्जन गर।

स्नातकोत्तर तहमा शोध अनुदान (Master Research Support, M. Phil Research Support) को संख्या र रकम बढाउन, विश्वविद्यालयहरुमा विद्यावारिधि (PHD) गर्दै गरेका विद्यार्थीहरुलाई दिइने PHD Fellowship को संख्या र मासिक Stipend बढाउन UGC लाई प्रभावकारी पहलकदमी गर। रोकिएका अनुदान परिमार्जन गरी पुन: सुचारु गर ।

उत्कृष्टता, क्षमता र अनुसन्धान प्रस्तावलाई आधार मानी स्नातकोत्तर तह भर्खरै सकेका सबै संकायका विद्यार्थीहरुलाई Assistant Junior Research Fellowship मासिक Stipend को व्यवस्था गर । -विश्वविद्यालय भित्र रहेका व्यवसायिक प्रयोजनका सबै संस्था हटाई सबै सम्पत्तिको संरक्षण गर ।

यसअघि राखिएका हाम्रा सबै मागहरु सम्बोधन गर।

अनेरास्ववियु त्रि.वि. जिल्ला कमिटी,कीर्तिपुर

अध्यक्ष
सिद्धान्त भट्ट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register