रविको दोस्रो दिनको बयान जारी

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । केहीबेर अघिदेखि बयान जारी रहेको रुपन्देही प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । पोखराबाट त्यहाँ पुर्याइएका लामिछानेको मंगलबारै बयान लिइएको थियो । सुप्रिम सहकारीबाट १ करोड ९६ […]

Nov 13, 2024 - 05:29
 0
रविको दोस्रो दिनको बयान जारी

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

केहीबेर अघिदेखि बयान जारी रहेको रुपन्देही प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । पोखराबाट त्यहाँ पुर्याइएका लामिछानेको मंगलबारै बयान लिइएको थियो ।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि उनलाई रुपन्देही लगिएको हो ।

लामिछानेलाई बयान सकिएपछि मात्रै कास्की पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register