दोहोरो अंकले घट्यो सेयर बजार, १३८ वटा कम्पनीको मूल्य राताम्मे

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ८३ को विन्दुमा पुगेको छ । बुधबार ३०८ कम्पनीका ७७ हजार ८ सय ६१ पटकको कारोबारमा १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Nov 13, 2024 - 09:53
 0
दोहोरो अंकले घट्यो सेयर बजार, १३८ वटा कम्पनीको मूल्य राताम्मे

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ८३ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ७७ हजार ८ सय ६१ पटकको कारोबारमा १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

९९ कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटाको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य राताम्मे छन् । सप्तकोशी विकास बैंक र सृजनशील लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सर्वाधिक कमाउने पाँच कम्पनीमा जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पीपुल्स हाइड्रोपावर रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register