बढुवा भएका कम्प्युटर अपरेटर अन्य सेवामा समायोजन हुन पाउने (फैसलाको पूर्णपाठ)

काठमाडौं ।  कम्प्युटर अपरेटरबाट बढुवा भएर विविध सेवा अन्तरगत कम्प्युटर अधिकृतका रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासनसहितका अन्य सेवा समूहतर्फ समायोजन र बढुवा हुने बाटो खुलेको छ । सेवा प्रवेश गरेपश्चात वृत्ति विकासको अपेक्षा राख्नु कर्मचारीको अधिकारको विषय भन्दै सर्वोच्च अदालतले समायोजन र बढुवाको बाटो खोलिदिएको हो । सर्वोच्चको यो फैसलासँगै  कम्प्युटर अपरेटरबाट कम्प्युटर अधिकृत पदमा बढुवा […]

Nov 13, 2024 - 12:47
 0
बढुवा भएका कम्प्युटर अपरेटर अन्य सेवामा समायोजन हुन पाउने (फैसलाको पूर्णपाठ)

काठमाडौं ।  कम्प्युटर अपरेटरबाट बढुवा भएर विविध सेवा अन्तरगत कम्प्युटर अधिकृतका रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासनसहितका अन्य सेवा समूहतर्फ समायोजन र बढुवा हुने बाटो खुलेको छ । सेवा प्रवेश गरेपश्चात वृत्ति विकासको अपेक्षा राख्नु कर्मचारीको अधिकारको विषय भन्दै सर्वोच्च अदालतले समायोजन र बढुवाको बाटो खोलिदिएको हो ।

सर्वोच्चको यो फैसलासँगै  कम्प्युटर अपरेटरबाट कम्प्युटर अधिकृत पदमा बढुवा भएका कर्मचारीहरुको समायोजन वृत्ति विकास सम्बन्धी विवादको टुंगो लागेको छ । अब त्यस्ता कर्मचारीहरुले प्रशासनसहित अन्य सेवातर्फबाट बढुवा वा समायोजन हुन पाउनेछन् ।

कविता पोखरेल सुवेदीसहितका कर्मचारीले २०७५ सालमा दायर गरेको रिटमा सर्वोच्चले २ असोज २०८१ मा गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरेको हो ।  नेपाल विविध सेवा अर्थात् प्राविधिक सेवाका कर्मचारीहरुले आफूहरुलाई अप्राविधिक सेवातर्फ समायोजन र बढुवा गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

‘सामान्यतः वृत्ति विकासको सम्बन्धमा कुनै सेवा वा समूहको पदमा सेवा प्रवेश गरे पश्चात आफूसँग रहेको शैक्षिक योग्यता, तालिम र अनुभव समेतको आधारमा वृत्ति विकासको अपेक्षा राख्नु र प्राप्त गर्नु कर्मचारीको कानूनी अधिकारको विषय पनि हो ’, सर्वोच्चले पूर्णपाठमा भनेको छ ।

उनीहरुको शैक्षिक योग्यता, प्राप्त तालिम, दक्षता र क्षमता अनुकूल वृत्ति विकास हुने गरी ‘उचित सेवा समूहमा’ समायोजन तथा पदस्थापना गर्दा उचित हुने सर्वोच्चको ठहर  छ ।

यस्तो छ सर्वोच्चको पूर्णपाठ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register