मौद्रिक नीतिको त्रैमासिक समीक्षा : लघुवित्त पीडितलाई राहत 

काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समीक्षाले लघुवित्त पीडितलाई राहत हुने योजनाहरू कार्यान्वयनमा ल्याएको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थासँग सम्बन्धित ग्राहक गुनासालाई सम्बोधन गर्ने र ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राख्ने नीति अघि सारेको छ । समीक्षामा लघुवित्त संस्थाका ग्राहकहरूलाई […]

Nov 29, 2024 - 07:17
 0
मौद्रिक नीतिको त्रैमासिक समीक्षा : लघुवित्त पीडितलाई राहत 

काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समीक्षाले लघुवित्त पीडितलाई राहत हुने योजनाहरू कार्यान्वयनमा ल्याएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थासँग सम्बन्धित ग्राहक गुनासालाई सम्बोधन गर्ने र ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राख्ने नीति अघि सारेको छ ।

समीक्षामा लघुवित्त संस्थाका ग्राहकहरूलाई आर्थिक राहत दिने र सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थालाई पुनरावलोकन गर्ने जस्ता योजनाहरू कार्यान्वयनमा आएको जनाएको छ । साथै, परिस्थितिवश ऋण तिर्न असमर्थ ग्राहकका लागि पुनर्तालिकीकरण सुविधा प्रदान गरिने घोषणा गरिएको छ ।

मौद्रिक नीतिको यो समीक्षाले लघुवित्त क्षेत्रको सेवा सुधार गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका ग्राहकहरूको आर्थिक सुरक्षालाई थप बलियो बनाउने लक्ष्य राखेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register