सीआइबीको नियन्त्रणमा रहेका ऋषि धमला छुटे

काठमाडौं । टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा सीआइबीको नियन्त्रणमा रहेका पत्रकार ऋषि धमला छुटेका छन् । प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमला केही घण्टाको बयानपछि छुटेका हुन् । कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्यालको बयानपछि धमलालाई सीआईबी बोलाएको थियो । सीआईबीसँगको बयानमा धमलाले आफूसँग नवराज अर्यालले […]

Nov 13, 2024 - 12:47
 0
सीआइबीको नियन्त्रणमा रहेका ऋषि धमला छुटे

काठमाडौं । टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा सीआइबीको नियन्त्रणमा रहेका पत्रकार ऋषि धमला छुटेका छन् ।

प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमला केही घण्टाको बयानपछि छुटेका हुन् ।

कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्यालको बयानपछि धमलालाई सीआईबी बोलाएको थियो ।

सीआईबीसँगको बयानमा धमलाले आफूसँग नवराज अर्यालले अन्तर्वार्तामा झुठ बोलेको स्विकारेका छन् ।

निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ, ऋषि धमला नियन्त्रणमा

‘उनले अन्तरर्वार्ता लिइदिनु भन्दै एक महिनासम्म धाए । कञ्चनपुर गएको भनेर आईडीकार्ड पनि देखाए । त्यसपछि आफूलाई विश्वास लागेको हुँ । त्यसपछि अर्यालको अन्तर्वार्ता लिएको हुँ’ धमलाले भने ।

धमलासँग अन्तरवार्ता दिएका अर्यालले आफूले १६ जना मन्त्रीको गाडी चलाएको र त्यही क्रममा कञ्चनपुर पुग्दा त्यो घटना देखेको दाबी गरेका थिए ।

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ ।

सीआईबीमा ऋषि धमलाले भने – नवराज अर्यालले अन्तर्वार्तामा झुठ बोले

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register