भैरहवामा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बिहीबार तेस्रो दिन पनि जारी छ । जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजे सुरु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । यसअघि मंगलबार र बुधबार उनीसँग बयान […]

Nov 14, 2024 - 05:35
 0
भैरहवामा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बिहीबार तेस्रो दिन पनि जारी छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजे सुरु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।

यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । आज बयान सक्ने तयारी छ । बयान सकिए लगत्तै उनलाई पोखरा पठाइने डीएसपी खनालले बताइन् ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register