सैँतिस हिमाल आरोहण गर्न ७० देशबाट आठ सय ७० आरोही

काठमाडौं । शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका दुई सय दुई महिला र छ सय ६८ पुरुष गरी कूल आठ सय ७० जनाले अनुमति लिएका हुन् । […]

Nov 14, 2024 - 15:53
 0
सैँतिस हिमाल आरोहण गर्न ७० देशबाट आठ सय ७० आरोही

काठमाडौं । शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका दुई सय दुई महिला र छ सय ६८ पुरुष गरी कूल आठ सय ७० जनाले अनुमति लिएका हुन् ।

हिमाल आरोहणबापत रु छ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उनले बताए ।

निर्देशक गुरुङका अनुसार मनास्लु र हिम्लुङको आरोहण सकिएको छ भने अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेका भन्दै उहाँले अब दुई/चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएको बताए ।

विगतमा जस्तै यो सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

अमादब्लम १४ आरोही समूहका एक सय ५८, हिम्लुल आरोहणका लागि १० आरोही समूहका एक सय २४ तथा धौलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register