अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ

काठमाडौं । अपहरणमा परेँ भन्दै फोन गरेकी महिलालाई प्रहरीले ललितपुरको चाल्नाखेलबाट उद्धार गरेको छ । ती महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको हो । पीडित महिलालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाबारे […]

Oct 23, 2024 - 14:37
 0
अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ

काठमाडौं । अपहरणमा परेँ भन्दै फोन गरेकी महिलालाई प्रहरीले ललितपुरको चाल्नाखेलबाट उद्धार गरेको छ । ती महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको हो ।

पीडित महिलालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रारम्भिक रुपमा लेनदेनको विषयमा विवाद देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित भनिएकी महिलामार्फत चिनेका व्यक्तीले पोर्चुगल लैजान्छु भन्दै २१ लाख रुपैयाँ लिएका थिए । त्यसमध्ये ५ लाख रुपैयाँ उनीहरुले फिर्ता पाएका थिए । घटनामा संम्लग्न १ जना फरार रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register