रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थिति गराइएका लामिछानेलाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । योसँगै रवि लामिछाने थप ४ दिन जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा […]

Dec 17, 2024 - 08:07
 0
रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थिति गराइएका लामिछानेलाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

योसँगै रवि लामिछाने थप ४ दिन जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा रहने भएका छन् ।

लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register