भानुआटुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प (भिडिओ)

काठमाडौं । प्रशान्त महासागरमा अवस्थित भानुआटु टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । रोयटर्सकाअनुसार मंगलबार बिहान भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा र ५७.१ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पबाट अहिलेसम्म एक जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । भूकम्पले अमेरिका, बेलायती, […]

Dec 17, 2024 - 07:39
 0
भानुआटुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प (भिडिओ)

काठमाडौं । प्रशान्त महासागरमा अवस्थित भानुआटु टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । रोयटर्सकाअनुसार मंगलबार बिहान भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा र ५७.१ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पबाट अहिलेसम्म एक जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

भूकम्पले अमेरिका, बेलायती, फ्रान्सेली र न्यूजील्याण्डसहित धेरै विदेशी दूतावासहरूको आवास भवनमा क्षति पुर्‍याएको रोयटर्सले जनाएको छ ।

पोर्ट भिलाका भवनहरूमा भएको क्षतिको भिडिओ र तस्वीरहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

भूकम्पले अष्ट्रेलिया र प्रशान्त टेक्टोनिक प्लेटहरू मिल्ने क्षेत्रमा प्रहार गरेको छ, जुन संसारको सबैभन्दा भूकम्पीय रूपमा सक्रिय क्षेत्रहरू मध्ये एक हो।

यस क्षेत्रमा सबैभन्दा ठूलो रेकर्ड गरिएको भूकम्प डिसेम्बर सन् १९५० मा ७.९ म्याग्निच्युडको थियो । जसको केन्द्रबिन्दु पोर्ट विलाबाट ८६ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register