रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार जिल्ला अदालत कास्कीले थप चार दिनको समय दिएको श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रहरीले सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपको अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । लामिछानेसहित ५१ जनामाथि अनुसन्धान सकेर प्रहरीले सोमबार बुझाएको रायसहितको […]

Dec 17, 2024 - 07:51
 0
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार जिल्ला अदालत कास्कीले थप चार दिनको समय दिएको श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

प्रहरीले सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपको अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

लामिछानेसहित ५१ जनामाथि अनुसन्धान सकेर प्रहरीले सोमबार बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा १ अर्ब ५१ करोड बिगो मागदाबी गरिएको छ ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन तयार गरेको हो ।

रवि विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा, जेल जालान् कि छुट्लान् ? यस्तो छ प्रक्रिया

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register