यू–१९ एसिया कप : नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै ९४ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाइन् । एलिसाकुमारी यादवले २० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । भारतका लागि […]

Dec 17, 2024 - 08:07
 0
यू–१९ एसिया कप : नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै ९४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाइन् । एलिसाकुमारी यादवले २० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

भारतका लागि पारुनिका सिसोदियाले तीन विकेट लिइन् ।

नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register