पर्यटक लोभ्याउँदै म्याग्दीको जलजला क्षेत्र… (तस्विरहरु) 

काठमाडौँ । ठूलो जंगलको बिचमा घाँसेमैदान । आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवालागिरी लगायत दर्जनभन्दा बढी हिम शृङ्खला । विभिन्न जंगली फूलहरुले भरिएको मैदान । यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका-२ मा रहेको जलजला क्षेत्र ।  पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा […]

Nov 17, 2024 - 02:47
 0
पर्यटक लोभ्याउँदै म्याग्दीको जलजला क्षेत्र… (तस्विरहरु) 

काठमाडौँ । ठूलो जंगलको बिचमा घाँसेमैदान । आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवालागिरी लगायत दर्जनभन्दा बढी हिम शृङ्खला । विभिन्न जंगली फूलहरुले भरिएको मैदान । यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका-२ मा रहेको जलजला क्षेत्र । 

पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दी जिल्लामा पर्छ । गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बाग्लुङगको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुङ्गिन्छ । जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ । 

जलजलाबाट बिहानै सुर्योदयको मजा लिँदै आँखै अगाडि सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जलजलामा बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालोहरु भेँडा, बाख्रा र बस्तुभाउ चराउन आउने गर्छन् ।

जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजला सम्म ५ देखी ६ घण्टा लाग्छ । बेनीबाट धवलागिरी गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडी मा जान सकिन्छ । त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register