रविलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थिति गराइएका लामिछानेलाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । योसँगै रवि लामिछाने थप ४ दिन जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा रहने भएका छन् । यसो त […]

Dec 8, 2024 - 10:03
 0
रविलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थिति गराइएका लामिछानेलाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

योसँगै रवि लामिछाने थप ४ दिन जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा रहने भएका छन् ।

यसो त आइतबार सरकारी वकिल कार्यालय कास्कीले रविमाथि अनुसन्धान गर्न १३ दिनको म्याद मागेको थियो । तर, अदालतले ४ दिन मात्रै म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register