प्रशिद्ध उग्रतारा मेला सम्पन्न, देउवा दम्पत्तीद्वारा पूजाअर्जना

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध शक्तिपिठ उग्रतारा मन्दिरमा मेला सम्पन्न भएको छ । स्थानीय भाषामा ‘देहिजात’ नामले परिचित मेला शुक्रबार साँझदेखि सुरु भएर शनिबार बेलुकी सम्पन्न भएको हो । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाको दिन उग्रतारा मन्दिरमा भब्य मेला लाग्ने गरेको छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई […]

Nov 17, 2024 - 03:22
 0
प्रशिद्ध उग्रतारा मेला सम्पन्न, देउवा दम्पत्तीद्वारा पूजाअर्जना

डडेल्धुरा ।


सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध शक्तिपिठ उग्रतारा मन्दिरमा मेला सम्पन्न भएको छ । स्थानीय भाषामा ‘देहिजात’ नामले परिचित मेला शुक्रबार साँझदेखि सुरु भएर शनिबार बेलुकी सम्पन्न भएको हो ।


हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाको दिन उग्रतारा मन्दिरमा भब्य मेला लाग्ने गरेको छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ मेला भनिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा चार गाउँमा भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा चारवटै गाउँबाट रतेडी मेलामा शनिबार बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो ।

उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनु भयो । ‘यो वर्ष पनि हजारौंको संख्यामा श्रद्धालु भक्तजनले मेला भरेका छन’, उँहाले भन्नुभयो, अपेक्षा गरेभन्दा बढी श्रद्धालु भक्तजनहरु मेला भर्न पुगेका छन ।


अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिर अवस्थित छ । वर्षमा एक पटक लाग्ने मेलामा उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने, शरीरको रक्षा गर्ने र परिवारले सुख पाउने जनविश्वास रहेको छ । यसपटक नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा पनि उग्रतारा मेलामा सहभागी भएका थिए ।


झण्डै एकसातादेखि गृहजिल्लामा देवीदेवताहरुको पूजाअर्चना र कार्यकर्ता भेटघाटमा व्यस्त देउवाले श्रीमतीसँगै उग्रतारा मेलामा सहभागी भएको र नित्य पूजा अर्चना गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । परराष्ट मन्त्री देउवा पहिलो पटक उग्रतारा मेलामा सहभागी हुनुभएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register