सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ मोटरसाइकल वर्कसपलाई कारबाही

May 25, 2023 - 05:37
 0
सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ मोटरसाइकल वर्कसपलाई कारबाही
सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ मोटरसाइकल वर्कसपलाई कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।

बुधबार क्षेत्रबाट खटिएका नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको थियो ।

बुधबार नै कवाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने २ जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराइयो । यस्तै प्रचार वोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा वाधा गर्नेहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ । यसका लागि क्षेत्रबाट खटिएका नगर प्रहरीले अनधिकृत क्रियाकलापमा सम्लग्नलाई नियन्त्रणमा लिएर नगर प्रहरी बलमा पठाउने गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1