मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !

काठमाडौं । डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएर अमेरिकाको सत्ता हातमा लिनेछन्। त्यसपछि उनी कामका लागि ह्वाइट हाउसमा आउनेछन्। तर, उनकी श्रीमती मेलानिया ट्रम्प पहिलो महिलाको रूपमा ह्वाइट हाउसमा बस्ने सम्भावना कम रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ। मिडिया रिपोर्टका अनुसार मेलानियाले आफ्नो अधिकांश समय न्यूयोर्कमा बिताउने उल्लेख छ। उनी न्यूयोर्क र फ्लोरिडामा छोरासँग […]

Nov 16, 2024 - 08:28
 0
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !

काठमाडौं ।

डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएर अमेरिकाको सत्ता हातमा लिनेछन्। त्यसपछि उनी कामका लागि ह्वाइट हाउसमा आउनेछन्।

तर, उनकी श्रीमती मेलानिया ट्रम्प पहिलो महिलाको रूपमा ह्वाइट हाउसमा बस्ने सम्भावना कम रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ।

मिडिया रिपोर्टका अनुसार मेलानियाले आफ्नो अधिकांश समय न्यूयोर्कमा बिताउने उल्लेख छ। उनी न्यूयोर्क र फ्लोरिडामा छोरासँग नै बस्ने दाबी गरिएको छ। 

तर, प्रथम महिलाका रुपमा मेलानिया महत्वपूर्ण काममा भने संलग्न हुनेछिन्। उनी मुख्य कार्यक्रममा मात्र देखिने बताइएको छ। उनले आगामी चार वर्षसम्म ह्वाइट हाउसबाट धेरैजसो दुरी कायम राख्न सक्ने दाबी गरिएको छ।

राष्ट्रपति चुनावमा विजयी भएपछि डोनाल्ड ट्रम्प राष्ट्रपति बाइडेनलाई भेट्न बुधबार ह्वाइट हाउस पुगेका थिए। यस अवधिमा पत्नी मेलानिया ट्रम्प ह्वाइट हाउसमा देखिइनन्। जो बाइडेन र प्रथम महिला जिल बाइडेनले ट्रम्प र मेलानियालाई यो बैठकको लागि निमन्त्रणा पठाएका थिए।

अमेरिकामा हालका राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउसमा निमन्त्रणा पठाउने चलन रहेको छ। यो भेटलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको सुरुवातका रुपमा हेरिन्छ।

मेलानिया बैठकमा उपस्थित नभएपछि ह्वाइट हाउसको वक्तव्य पनि बाहिर आयो। वक्तव्यमा प्रथम महिला जिल बिडेनले मेलानियाको लागि आफ्नै हातले पत्र लेखेर पठाएको उल्लेख छ।

तर, मेलानियाले यसअघि नै बैठकमा सहभागी हुन अस्वीकार गरिसकेको दाबी गरिन्छ। उनले पुस्तक विमोचनका लागि निर्धारित समयतालिकाका कारण यसो भएको बताएकी छन्।

सन् २०१७ मा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनी र मेलानियाका छोरा ब्यारोन ट्रम्प १० वर्षका थिए। त्यतिबेला ब्यारोन स्कुलमा पढ्दै थिए। जसका कारण मेलानिया केही महिनासम्म ह्वाइट हाउस पुग्न सकिनन्। हाल ब्यारोन १८ वर्षका छन् र न्यूयोर्क विश्वविद्यालयमा अध्ययनरत् छन्। जसका कारण मेलानिया न्यूयोर्कको ट्रम्प टावरमा उनीसँगै बस्ने सम्भावना छ।

सेप्टेम्बरमा फक्स न्यूजसँगको अन्तर्वार्तामा, मेलानियाले ब्यारोनको बारेमा कुरा गर्दै उनी न्यूयोर्कमै बस्न चाहेकाले आफूले सो निर्णय गर्नुपरेको बताएकी थिइन्। मेलानिया डोनाल्ड ट्रम्पकी तेस्रो पत्नी हुन्। ब्यारोन ट्रम्प दुवैका एक मात्र छोरा हुन्।

मेलानिया सन् २०१६ मा भने ह्वाइट हाउसमा भएको बैठकमा सहभागी भएकी थिइन्। डोनाल्ड ट्रम्पले सन् २०१६ मा पहिलो पटक राष्ट्रपतिको चुनाव जितेका थिए। यसपछि तत्कालीन राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेल ओबामाले ट्रम्प र मेलानियालाई भेटका लागि ह्वाइट हाउसमा स्वागत गरेका थिए।

त्यतिबेला मिसेलले मेलानियालाई आफ्नो निजी निवासमा पनि लगेकी थिइन्। मिसेल ओबामाले ह्वाइट हाउसको पहेंलो ओभल कोठामा मेलानिया ट्रम्पलाई चियाको लागि होस्ट गरेकी थिइन्।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register