एक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको सम्पत्ति बढ्यो, लघुवित्तको घट्यो 

काठमाडौँ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको कुल सम्पत्ति/दायित्वमा वृद्धि भएको छ ।  राष्ट्र बैंकले तय गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुको कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशतले बढेको हो । योसँगै वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको छ ।  त्यस्तै, यस अवधिमा विकास बैंकहरुको पनि कुल सम्पत्ति/दायित्वमा ७.९ […]

Nov 18, 2024 - 03:05
 0
एक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको सम्पत्ति बढ्यो, लघुवित्तको घट्यो 

काठमाडौँ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको कुल सम्पत्ति/दायित्वमा वृद्धि भएको छ । 

राष्ट्र बैंकले तय गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुको कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशतले बढेको हो । योसँगै वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको छ । 

त्यस्तै, यस अवधिमा विकास बैंकहरुको पनि कुल सम्पत्ति/दायित्वमा ७.९ प्रतिशतको वृद्धि भई सात खर्ब १७ अर्ब र फाइनान्स कम्पनीहरुको कुल सम्पत्ति/दायित्व ११.२ प्रतिशत बढेर एक खर्ब ६९ अर्ब ८२ करोड  कायम भएको छ । 

गत आर्थिक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल सम्पत्ति/दायित्वमा वृद्धि हुँदा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति/दायित्व भने घटेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति/दायित्व १.३ प्रतिशतले घटेर पाँच खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register