कोशीमा नौ पदका लागि ७७ जनाको उम्मेदवारी

झापा, ३ मंसिर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार कोशी प्रदेशका सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि ७७ जनाले उम्मेदवारी दिएका हुन् । ओखलढुङ्गा जिल्ला समन्वय समितिको सभापतिमा भने एकल उम्मेदवारी परेको छ । उक्त जिल्लामा जिल्ला समन्वय समितिको [...] The post कोशीमा नौ पदका लागि ७७ जनाको उम्मेदवारी appeared first on Jhapa Online.

Nov 18, 2024 - 03:18
 0
कोशीमा नौ पदका लागि ७७ जनाको उम्मेदवारी

झापा, ३ मंसिर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार कोशी प्रदेशका सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।

कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि ७७ जनाले उम्मेदवारी दिएका हुन् । ओखलढुङ्गा जिल्ला समन्वय समितिको सभापतिमा भने एकल उम्मेदवारी परेको छ । उक्त जिल्लामा जिल्ला समन्वय समितिको सभापतिका लागि नेपाली कांग्रेसबाट टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेको हो ।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलका तर्फबाट १५ र एक जना स्वतन्त्र छन् । नेपाली काँग्रेसका बलराम सरदार थारु, नेकपा एमालेका तर्फबाट तुलसीराम विश्वास, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट दिनेशकुमार थान्दारले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास थारु, जनता समाजवादी पार्टी नेपालका सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालका राजु मुसहर, मंगोल नेशनल अर्गनाइजेशनका भरत राई, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी, नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी थारु, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारुले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नेकपा एमालेको नेताको रूपमा चिनिएका नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्ष पदको लागि नौ जनाले उम्मेदवारी दिएका छन् । जसमा नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरी, रास्वपाका ध्रुब पोखरेल, नेपाली काँग्रेसबाट सञ्जीव काफ्ले, नेकपा एमालेबाट लक्ष्मीनारायण चौधरी र नेकपा माओवादीबाट नवीन राई छन् । त्यसैगरी राप्रपाबाट लालबावु साह, नेकपा (समाजवादी) का निर्मला कुमारी चौधरी, जनमत पार्टीबाट प्रमोद सहनी तथा स्वतन्त्र बजरंगीकुमार दास समेत गरी नौ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बेलका नगरपालिका–९ को अध्यक्षका लागि पनि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा काँग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का, माओवादीबाट भरत घिमिरे, जसपाबाट रामकुमार राई, रास्वपाबाट तेजमान विक, राप्रपाबाट टिकाप्रसाद फुयाल र नेशनल अर्गनाइजेसन पार्टीबाट सुरेश तामाङ रहेका छन् ।

सुनसरीको गढी गाउँपालिका–६ नम्बर वडाको वडाध्यक्षका लागि १४ जनाको मनोनयन दर्ता भएको छ । जसमा नेकपा एमालेबाट सन्तु उराँव, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कुशेश्वर खेरवार यादव, नेपाली कांग्रेसबाट तेतर साह, नेकपा एकीकृत सामाजवादीबाट डोमी उराँव, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपा नेपालबाट कविता कुमारी उराँव, राप्रपाबाट बच्चालाल अरगिरया यादव छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शशि कुमार साह, जनमत पार्टीको तर्फबाट सिताराम यादव, समाजवादी राष्ट्रिय पार्टीको योगनारायण ऋषिदेव, स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहता रहेका छन् ।

झापाको कनकाई नगरपालिका–६ मा एक स्वतन्त्र सहित ९ जनाले उम्मेदवारी दिएका छन् । जसमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गानेशन, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्च, जनमत पार्टी र एक स्वतन्त्र गरी ९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा वडा अध्यक्षकालागि ८ जनाको उम्मेदवारी परेको छ । एमालेबाट गंगा बहादुर तामाङ, नेपाली कांग्रेसबाट घनश्याम दाहाल, माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विष्णु प्रसाद पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणि दाहालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जनता समाजवादी पार्टी जसपाबाट इन्द्र बहादुर दर्जी र दुई जना स्वतन्त्र उम्मेदवारहरू हेम बहादुर सुनुवार र दिप प्रसाद दाहाल रहेका छन् ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली काँग्रेसका तर्फबाट भीमकुमार लक्सम्बा लिम्बू, एमालेबाट कुमारी साउदेन, नेकपा ९माओवादी केन्द्र०बाठ अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट रनध्वोज काङ्भाले उम्मेदवारी दर्ता गराएका छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट नगेन्द्र लिम्बू, एमालेबाट बुद्ध बहादुर लिम्बू, माओवादी केन्द्रबाट कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सञ्जीव खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्न बहादुर श्रीपाली र नेकपा एकीकृत समाजवादीबाट प्रेम बहादुर खड्का छन् । दुई जना उक्त बहादुर लिम्बू र वसन्त लिम्बूले भने स्वतन्त्र रूपमा वडाअध्यक्षको उम्मेदवारी दिएका छन् ।

The post कोशीमा नौ पदका लागि ७७ जनाको उम्मेदवारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register