चीन पुगेर ईश्वर पोखरेलको जोड– दुई देशको सम्बन्ध जनस्तरमा बिस्तार गर्न आवश्यक

साथै हुवई विश्वविद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सद्भाव प्रशंनीय रहेको उल्लेख गर्दै चीनमा नेपाली विद्यार्थीले अध्ययन र बिज्ञता हासिल गर्ने अनुकुल वातावरण बन्ने अपेक्षा गरे ।

Nov 18, 2024 - 05:29
 0
चीन पुगेर ईश्वर पोखरेलको जोड– दुई देशको सम्बन्ध जनस्तरमा बिस्तार गर्न आवश्यक

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका पोखरेलले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको तहमा सम्बन्ध विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध वृद्धि आवश्यक रहेको बताए ।

‘चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टी र एमालेबीच गहिरो ऐतिहासिक सम्बन्ध छँदैछ । अब जनस्तरमा पनि सम्बन्ध बिस्तार गर्न जरुरी छ,’ उनले भने ।

गत हप्ता लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरेको भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गरेको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनमा महत्वपूर्ण योगदान पुगेको उनले स्मरण गरे । उनले मित्रताको साक्षी ईतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको पनि बताए ।

हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनियाँ कम्युनिस्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिब वाङ जोङलिङले चीन र नेपालबीचको सम्वन्ध राम्रो र भविष्य उज्जवल रहेको चर्चा गर्दै सहयोग आदानप्रदानका अनेक क्षेत्र रहेको उल्लेख गरे ।

साथै हुवई विश्वविद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सद्भाव प्रशंनीय रहेको उल्लेख गर्दै चीनमा नेपाली विद्यार्थीले अध्ययन र बिज्ञता हासिल गर्ने अनुकुल वातावरण बन्ने अपेक्षा गरे ।

सो विश्वविद्यालयका उपाध्यक्ष ल्यु चिहङले वैज्ञानिक शिक्षा विस्तारमा सहयोग आदानप्रदान भइरहेको चर्चा गर्दै भविष्यमा थप प्रगति हुने विश्वास व्यक्त गरे ।

चिनियाँ कम्युनिस्ट पार्टी विदेश बिभागको निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल अहिले चीन भ्रमणमा छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register