जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न

झापा, ४ पुस । झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिकोे बैठक सम्पन्न भएको छ। न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकमा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, झापा जिल्ला अदालतका न्यायाधीशहरु प्रकाश कुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नविनकुमार जोशी, [...] The post जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न appeared first on Jhapa Online.

Dec 19, 2024 - 16:03
 0
जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न

झापा, ४ पुस । झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिकोे बैठक सम्पन्न भएको छ।

न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकमा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, झापा जिल्ला अदालतका न्यायाधीशहरु प्रकाश कुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामीमगर एवं झापा बारका अध्यक्ष नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख मिलन केसी, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता रुद्र आचार्य, मालपोत कार्यालय भद्रपुरका प्रमुख मालपोत अधिकृत, कारागार कार्यालयका प्रमुख रेवन्त भट्टराई, जिल्ला समन्वय समितिका सचिव लगायत नापी कार्यालय भद्रपुरका प्रमुख नापी अधिकृत समेतको उपस्थिति रहेको थियो ।

अदालतको कार्यसम्पादन छिटो छरितो हुन र मुद्दामा प्रमाण बुझी अंग पुर्याई समयमै फैसला दिन र फैसला कार्यान्वयन गर्न अदालतको एक्लो प्रयासले मात्र सकिदैन, अन्य कार्यालय वा निकायको समन्वय र सहयोग आबश्यक पर्छ । समन्वय भएमा समयमै न्याय सम्पादन हुने र अदालतले जनविश्वास आर्जन गर्दछ। अदालतले अन्य कार्यालयसँग समन्वय गरी अन्य कार्यालयबाट प्रमाण कागजात नआएको कारणले मुद्दामा ढिलाई भएको देखिए सो समस्यामा छलफल गरी समाधान गर्न जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक आयोजना गरिएको प्रमुख न्यायाधीश लुईटेलले बताउनुभयो ।

बैठकमा सरकारी साक्षी गवाह समयमै उपस्थित नगराउँदा मुद्दाको कामकारवाही स्वतः ढिलो भएकोले अब सो बिषयमा संवेदनशील भएर कार्य गर्न सरोकारवाला निकाय वा पक्षबाट अदालतले अपेक्षा लिएको प्रमुख न्यायाधीश लुईटेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्य बन्धुप्रसाद बास्तोलाले छिटो छरितो न्याय सम्पादन र फैसला कार्यान्वयनको लागी अदालतको आदेशलाई प्राथमिकता दिई कार्य गर्न आबश्यक रहेको बताउनुभयो ।

विभिन्न कार्यालयबाट उपस्थित कार्यालयका प्रमुख वा प्रतिनिधि एवं न्याय क्षेत्र समन्वय समितिका उपस्थित सदस्यहरूलाई झापा जिल्ला अदालतका श्रेस्तेदार तथा समितिका सदस्य सचिव किरणकुमार सिंहले स्वागत गर्नु भएको थियो भने उपस्थित कार्यालय प्रमुख एवं प्रतिनिधिहरूले आफ्नो कार्यालयसंग जोडिएको अदालतको आदेशलाई प्राथमिकता दिई समयमै जवाफ पठाउने प्रतिवद्दता समेत ब्यक्त गर्नु भएको थियो ।

अदालतको काम कारवाही, सुव्यवस्थित तरिकाले सञ्चालन गर्न न्यायपालिकाको रणनीतिक योजना अनुसार समयमै फैसला गर्न, फैसला र आदेशको कार्यान्वयनलाई प्रभावकारीता दिन र अदालतको सुरक्षा व्यवस्थालाई समेत समन्वय गर्नको लागि जिल्ला अदालत नियमावली, २०७५ को नियम ९७ बमोजिम जिल्ला न्याय क्षेत्र समन्वय समिति गठन हुने र सो समितिमा जिल्ला अदालतका प्रमुख न्यायाधीश अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, सम्बन्धित सरकारी वकिल, सम्बन्धित बारको अध्यक्ष, मालपोत कार्यालय प्रमुख, कारागार कार्यालय प्रमुख, जिल्ला समन्वय समितिका सचिव, तहसीलदार र प्रमुख न्यायाधीशले तोकेको नागरिक समाजको ब्यक्ति सदस्य रहने प्रावधान छ । समितिको सदस्य सचिवमा जिल्ला अदालतका श्रेस्तेदार रहने कानूनी व्यवस्था छ ।

अदालतमा ८ जना न्यायाधीशको दरबन्दी रहेको छ भने मंसिर मसान्त सम्म मुद्दाको जम्मा लगत ५३५७ थान रहेकोमा १५७९ थान फैसला भई हाल विचाराधीन मुद्दा संख्या ३७७८ थान रहेको छ । अदालतमा न्यायीक कार्यमा हुने हस्तक्षेप रोकी पारदर्शिता कायम राख्न इजलास छनौटमा गोला पद्धति र स्वचालित पेशी प्रणाली लागु भइसकेको छ । मुद्दा दर्ता सफ्टवेयरमा ईन्ट्री हुने र कामकारवाही को विवरण https://supremecourt.gov.np/court/jhapadc बाट हेर्न सकिनेछ भनि अदालतका सूचना अधिकारी शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिनु भयो ।

The post जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register