दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झन्डा (तस्वीरहरू)

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । विभिन्न राजनीतिक दलका नेताहरु श्रद्धाञ्जली दिन त्यहाँ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि श्रद्धाञ्जली दिएका छन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही […]

Nov 18, 2024 - 06:41
 0
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झन्डा (तस्वीरहरू)

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । विभिन्न राजनीतिक दलका नेताहरु श्रद्धाञ्जली दिन त्यहाँ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि श्रद्धाञ्जली दिएका छन् ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुङ्गानाको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्‌बाट गर्ने तयारी गरेको छ ।

तस्वीरहरू-

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register