नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ । नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी-बैरेनी र […]

Dec 19, 2024 - 14:32
 0
नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ ।

नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।

पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने र मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिने छ ।

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।

उक्त सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोडिने बताइएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register