जाडोको मौसममा यसरी गर्नुहोस् छालाको हेरचाह

काठमाडौं । जाडोको मौसममा छालालाई बढी ध्यान दिनुपर्छ । विशेषगरी जब चिसो हावा चल्ने र प्रदूषण बढ्दै जाँदा छालाको चिल्लोपना अर्थात् मोइस्चर घट्न थाल्छ र रुखो हुन्छ । प्रदूषणले हुने छालाका समस्या र तिनका उपायहरूको बारेमा विस्तारमा जानौँ । यदि तपाईं हरेक दिन मेकअप गर्नुहुन्छ भने राति यसलाई सफा गर्नु कहिल्यै नबिर्सनुहोस् । मेकअपले छालामा […]

Nov 19, 2024 - 06:19
 0
जाडोको मौसममा यसरी गर्नुहोस् छालाको हेरचाह

काठमाडौं । जाडोको मौसममा छालालाई बढी ध्यान दिनुपर्छ । विशेषगरी जब चिसो हावा चल्ने र प्रदूषण बढ्दै जाँदा छालाको चिल्लोपना अर्थात् मोइस्चर घट्न थाल्छ र रुखो हुन्छ । प्रदूषणले हुने छालाका समस्या र तिनका उपायहरूको बारेमा विस्तारमा जानौँ ।

यदि तपाईं हरेक दिन मेकअप गर्नुहुन्छ भने राति यसलाई सफा गर्नु कहिल्यै नबिर्सनुहोस् । मेकअपले छालामा लेयर बनाउँछ र यसलाई सफा नगर्दा छालाको मोइस्चर हराउन सक्छ ।

आफ्नो छाला सफा गर्नको लागि बायो लिपिड जस्तो फर्मुला भएको क्लीन्जर प्रयोग गर्नुहोस् । यसले तपाईंको छालाको प्राकृतिक चमक कायम राख्नेछ ।

डे क्रिम नछुटाउनुहोस्

डे क्रिमले तपाईंको छालालाई प्रदूषण र धुवाँबाट जोगाउन मद्दत पुर्‍याउँछ । चाहे मौसम परिवर्तन होस् या वायु प्रदूषण बढेको होस्, यसले तपाईंको छालालाई पुरा दिनभर हाइड्रेटेड राख्छ ।

सीरम प्रयोग 

हाइपरपिग्मेन्टेशन र डलनेस दुई समस्या हुन्, जुन प्रदूषणले निम्त्याउन सक्छ । हावामा रहेका साना कणहरू छालामा गहिराइमा प्रवेश गर्छन्, जसले अक्सिडेटिभ ड्यामेजको कारण कालो धब्बा र छालामा कालोपन ल्याउँछ । जसले फाइन लाइन्स र चाउरीपना हटाउन मद्दत पुर्‍याउँछ ।

जाडो मौसमको छालाको हेरचाहको सुरुवात क्लीनजर, मोइश्चराइज र सनस्क्रीन लगाएर गर्नुहोस् । राति सुत्नुअघि नाइट क्रिम लगाउनु नबिर्सनुहोस् । सन्तुलित आहार र हाइड्रेटेड रहनको लागि प्रशस्त पानी पिउनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register