भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही

May 24, 2023 - 05:59
 0
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गर्नुभएकाे छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ति फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयाे । 

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उहाँको भनाइ छ । 

यदी भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्ने भन्दै उहाँले सदन पनि चल्न नदिने चेतावनी दिनुभयाे । 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1