स्थानीय तहको उपनिर्वाचन नहुँदै माओवादी केन्द्रले खोल्यो खाता, रुकुम पूर्वबाट निर्विरोध

काठमाडाैं ।  स्थानीय तहको उपनिर्वाचन नहुँदै नेकपा (माओवादी केन्द्र)ले खाता खोलेको छ । माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको हो । पुथाउत्तरगङ्गा गाउँपालिका– २ को अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर […]

Nov 20, 2024 - 07:23
 0
स्थानीय तहको उपनिर्वाचन नहुँदै माओवादी केन्द्रले खोल्यो खाता, रुकुम पूर्वबाट निर्विरोध

काठमाडाैं ।  स्थानीय तहको उपनिर्वाचन नहुँदै नेकपा (माओवादी केन्द्र)ले खाता खोलेको छ । माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको हो ।

पुथाउत्तरगङ्गा गाउँपालिका– २ को अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले उनी निर्विरोध भएको जानकारी दिएका हुन् ।
यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register