मिठाई खानुअघि मधुमेहका बिरामीले पालना गर्नुहोस् यी सर्त

एजेन्सी । तिहारको बेला घरमा मिठाई नखाने कुरै हुँदैन तर, मधुमेहका रोगीहरू तिहार जस्तो अवसरमा पनि मिठाई खानबाट टाढा रहनुपर्छ । तर, यदि तपाईंको सुगरको मात्रा नियन्त्रणमा छ र नियमित औषधि सेवन गर्नुहुन्छ भने यस तिहारमा मिठाई खान सक्नुहुन्छ र यसले सुगरको मात्रा पनि बढाउने छैन । तर, यसको लागि तपाईंले मिठाई खानु अघि मधुमेह […]

Nov 2, 2024 - 05:27
 0
मिठाई खानुअघि मधुमेहका बिरामीले पालना गर्नुहोस् यी सर्त

एजेन्सी । तिहारको बेला घरमा मिठाई नखाने कुरै हुँदैन तर, मधुमेहका रोगीहरू तिहार जस्तो अवसरमा पनि मिठाई खानबाट टाढा रहनुपर्छ ।

तर, यदि तपाईंको सुगरको मात्रा नियन्त्रणमा छ र नियमित औषधि सेवन गर्नुहुन्छ भने यस तिहारमा मिठाई खान सक्नुहुन्छ र यसले सुगरको मात्रा पनि बढाउने छैन । तर, यसको लागि तपाईंले मिठाई खानु अघि मधुमेह विशेषज्ञका केही कडा नियमहरू जान्नुपर्नेछ ।

आउनुहोस् जानौँ कि कुन सर्तहरूमा तपाईंलाई मिठाई खान सक्नुहुन्छ-

यी सर्तहरूको पालना गर्नुहोस्

फाइबरयुक्त खाना

तपाईंको सुगरको मात्रा नियन्त्रणमा छ र नियमित औषधि खानुहुन्छ भने पनि चिकित्सकले कहिल्यै मिठाई खान भन्नुहुन्न तर, केही सर्तहरूका साथ तपाईं थोरै मात्रामा मिठाई खान सक्नुहुन्छ ।

यदि तपाईं मिठाई खान चाहनुहुन्छ भने पहिले प्रशस्त फाइबरयुक्त खाना खानुपर्छ । यदि तपाईं काँक्रो, अन्न, गेडागुडी, बदाम, ओखर जस्ता फाइबरयुक्त खानेकुराहरू सँगै खानुहुन्छ भने यसले तपाईंको चिनीको मात्रा धेरै बढ्ने छैन । तर, ध्यान राख्नुहोस् कि तपाईंले धेरै मिठाई खानु हुँदैन ।

तपाईं जति मात्रामा मिठाई खाँदै हुनुहुन्छ त्यसको दोब्बर फाइबरयुक्त खाना खानुहोस् । यो पनि ती बिरामीहरूका लागि हो, जसको एचभीए१सी ७ भन्दा कम छ । यसभन्दा बढी भएका बिरामीहरूले कुनै पनि हालतमा मिठाई नखानुहोस् । यदि लगातार तपाईंको सुगरको मात्रा माथि–तल भइरहेको छ र नियन्त्रण बाहिर जान्छ भने मिठाई नखानुहोस् ।

प्राकृतिक गुलियो

यदि तपाईं मिठाई खाँदै हुनुहुन्छ भने प्राकृतिक गुलियो भएका मिठाईहरू मात्र खाने प्रयास गर्नुहोस् । त्यस्ता मिठाईहरू जसमा चिनीको सट्टा गुड, नरिवलको चिनी वा खजूर आदि हुन्छ, तिनीहरूको सेवन बढी गर्नुहोस् ।

बजारमा सुक्खा फलफूल भएका धेरै प्रकारका मिठाईहरू आएका छन् जसले हानि पुर्‍याउँदैन । यस्ता मिठाईहरू स्वस्थ पनि हुन्छन् र यसले तपाईंको चिनीको मात्रा पनि बढ्ने छैन ।

मेथीको पानी

यदि तपाईं मिठाई खान चाहनुहुन्छ भने यस अघि मेथिको दानाको पानी पिउन सुरु गर्नुहोस् । मेथिको दानामा चिनीको मात्रा नियन्त्रण गर्ने क्षमता हुन्छ । मिठाई खानु अघि एक गिलास तातो पानीमा मेथीको दाना उमाल्नुहोस् र मनतातो भएपछि पिउनुहोस् ।

यदि मिठाई खानु दुई दिन अघिदेखि नै मेथिको दानाको सेवन गर्नुभयो भने यो अझ फाइदाजनक हुनेछ । मेथिको दानाको सेवनले इन्सुलिन संवेदनशीलता बढाउँछ जसले रगतमा चिनीको मात्रा बढ्ने जोखिम कम गर्छ ।

दालचिनीको चिया

यदि तपाईं मिठाई खान चाहनुहुन्छ भने पहिलेदेखि नै दालचिनीको चिया पिउन सुरु गर्नुहोस् । दालचिनीले पनि इन्सुलिन संवेदनशीलता बढाउँछ । यदि तपाईं लड्डु, हलुवा आदि खान चाहनुहुन्छ भने यसमा दालचिनी प्रयोग गर्नुहोस् । तरकारी आदि पकाउँदा पनि दालचिनीको प्रयोग गर्नुहोस् ।

ध्यान राख्नुस् – मधुमेह रोगीहरूलाई एक–दुई मिठाई खाने अनुमति तब मात्र दिन सकिन्छ जब उनीहरूको चिनीको मात्रा नियन्त्रणमा छ र नियमित चिकित्सकको निगरानीमा औषधि सेवन गरिरहेका छन् ।

मिठाई खानु अघि एकपटक चिकित्सकसँग सल्लाह लिनुहोस् । कुनै पनि समस्या भएमा तुरुन्त आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register