इरानी विश्वविद्यालयमा लुगा फुकालेर निर्वस्त्र हुने युवतीमाथि मुद्दा नचलाइने

काठमाडौं । इरानको एक विश्वविद्यालयमा आफ्नो लुगा फुकाल्ने युवतीलाई कुनै मुद्दा नचलाइने त्यहाँको इरानी प्रशासनले भनेको छ । नोभेम्बरको सुरुमा एक युवतीले आफ्नो लुगा फुकालेर तेहरानको आजाद विश्वविद्यालयको अनुसन्धान शाखामा प्रदर्शन गरेकी थिइन् । पछि उनलाई पनि हिरासतमा लिइएको थियो । प्रदर्शन गर्ने ती युवतीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । बीबीसी फारसी सेवाका […]

Nov 20, 2024 - 11:53
 0
इरानी विश्वविद्यालयमा लुगा फुकालेर निर्वस्त्र हुने युवतीमाथि मुद्दा नचलाइने

काठमाडौं । इरानको एक विश्वविद्यालयमा आफ्नो लुगा फुकाल्ने युवतीलाई कुनै मुद्दा नचलाइने त्यहाँको इरानी प्रशासनले भनेको छ । नोभेम्बरको सुरुमा एक युवतीले आफ्नो लुगा फुकालेर तेहरानको आजाद विश्वविद्यालयको अनुसन्धान शाखामा प्रदर्शन गरेकी थिइन् ।

पछि उनलाई पनि हिरासतमा लिइएको थियो । प्रदर्शन गर्ने ती युवतीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । बीबीसी फारसी सेवाका अनुसार विरोध प्रदर्शन गर्ने युवती आहू दरयाई हुन् ।

ती युवती पक्राउ परेको भिडिओ सबैभन्दा पहिला एक विद्यार्थी सङ्गठनले सार्वजनिक गरेको थियो । आहु दर्याईले हिजाब नलगाएको कारण सुरक्षाकर्मीसँग झगडा भएको र त्यसको विरोधमा उनले लुगा फुकालेको त्यो विद्यार्थी सङ्गठनले जनाएको थियो ।

इरानी न्याय विभागका प्रवक्ताका अनुसार अस्पतालमा उपचारपछि युवतीलाई परिवारको जिम्मा लगाइएको छ । आहु दरहाइएलाई हिरासतमा राखेको कुराको कैयौं अन्तर्राष्ट्रिय सङ्घ–संस्थाले विरोध गरेका थिए ।

उनलाई तत्काल रिहा गर्न माग पनि गरिएको थियो ।

‘उनी बिरामी थिइन् त्यसैले उनलाई अस्पताल पठाइयो । पछि उनलाई परिवारको जिम्मा लगाइयो । उनीविरूद्ध कुनै न्यायिक मुद्दा दायर भएको छैन ।’ इरानको न्याय विभागका प्रवक्ता असगर जहाँगीरले भनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register