गाजामा नागरिकको अवस्था असहनीय : गुटेरेस

काठमाडौं । गाजापट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ‘स्तब्ध’ भएको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूको अवस्था असहनीय रहेको विज्ञप्तिमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा गाजामा सयौँ मानिस मारिएका छन् भने ६० हजारभन्दा बढी […]

Oct 28, 2024 - 09:49
 0
गाजामा नागरिकको अवस्था असहनीय : गुटेरेस

काठमाडौं । गाजापट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ‘स्तब्ध’ भएको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूको अवस्था असहनीय रहेको विज्ञप्तिमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा गाजामा सयौँ मानिस मारिएका छन् भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।

गाजामा इजरायलको सैन्य कारबाहीले विनाश र अभावले जबल्या, बेत लाहिया र बेत हानुन वरपरका प्यालेस्टिनीको जीवनको अवस्था अस्थिर बनाइरहेको र द्वन्द्व अन्तर्राष्ट्रिय कानुनको बर्खिलापमा जारी रहेको गुटेरेसले बताएका छन् ।

उनले द्वन्द्वरत पक्षहरूले मानवीय कार्यकर्ता तथा अग्रपंक्तिमा रहेर मानवीय सहयोगमा खटिएका व्यक्तिको सम्मान र सुरक्षा गर्नुपर्ने बताएका छन् । गुटेरेसले तत्काल युद्धविराम, सबै बन्धकको बिना सर्त रिहाइ र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतको जवाफदेहिताका लागि समेत आह्वान गरेका छान् । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register