सहकारी ठगी प्रकरणमा रविपत्नी निकिता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम […]

Dec 22, 2024 - 09:11
 0
सहकारी ठगी प्रकरणमा रविपत्नी निकिता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ ।

पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएको हो ।

सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले जानकारी दिइन् ।

रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता काफ्लेले बताइन् ।

सहकारीको रकम ठगी र सङ्गठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धानमा तानिएका लामिछानेलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ ।

दोस्रो पटक शक्तिशाली गृह मन्त्रालयको नेतृत्व गर्ने गरी उपप्रधानमन्त्री बनेपछि गत वैशाख ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा रविले आफूसँग केबल १ लाख १० हजार रुपैयाँ बचत रहेको जनाएका थिए ।

लामिछानेले वैशाखमा पेस गरेको सम्पत्ति विवरणमा आफ्नो नाममा ग्लोबल आईएमई बैंकमा ५,००० रुपैयाँ र नेपाल बैंक लिमिटेडमा १,०५,००० रुपैयाँ बचत रहेको र त्यो तलब र पारिश्रमिकबाट आर्जन गरेको देखाएका थिए ।

लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक आना पैतृक सम्पत्तिबाहेक सबै सम्पत्ति श्रीमती निकिता पौडेलको नाममा रहेको विवरण गृहमन्त्री हुँदा पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

तर संसद्ले सहकारी ठगीका सम्बन्धमा छानबिन गर्न गठन गरेको समितिले लामिछानेले गोर्खा मिडिया प्रालिको शेअर खरिदको स्रोतबारे पनि अनुसन्धान गर्न सिफारिस गरेको थियो । सहकारीबाट  लामिछानेले पैसा लिएको भेटिएको थियो । त्यसपछि सम्पत्ति सुद्धिकरण मुद्दामा अनुसन्धान भएको हो ।

अनुसन्धानको क्रममा लामिछाने र उनको फाउन्डेसनबाट पत्नी निकिताको खातामा करौडौं रुपैयाँ ट्रान्सफर गरेको पाइएपछि पत्नी निकिताविरुद्ध पनि मुद्दा चलाइएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register