कारागारमा थुनुवाको मृत्यु

काठमाडौं । महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निसाज सुनुवार रहेका छन् । उनको आज बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । कारागारका अनुसार आइतबार बिहान ८ बजे सुनुवारलाई असहज भएपछि जलेश्वर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ज्यान […]

Dec 22, 2024 - 08:43
 0
कारागारमा थुनुवाको मृत्यु

काठमाडौं ।

महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निसाज सुनुवार रहेका छन् ।

उनको आज बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कारागारका अनुसार आइतबार बिहान ८ बजे सुनुवारलाई असहज भएपछि जलेश्वर अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको ज्यान गएको जलेश्वर कारागार महोत्तरीले जानकारी दिएकाे छ । सुनुवारको मृत्युको कारण हृदयघात भएको जलेश्वर अस्पतालले जनाएको छ ।

सुनुवारको शव अहिले प्रादेशिक अस्पताल जलेश्वरमा राखिएकाे छ । पोस्टमोर्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइने प्रहरीले बताएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register