हमासका नेता हानियाको इरानमा हत्या गरेको इजरायलद्वारा स्वीकार

काठमाडौं । इजरायलले इरानको तेहरानमा हमासका वरिष्ठ नेता इस्माइली हानियाको हत्या गरेको पुष्टि गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक नेता इस्माइल हानियालाई तेहरानमा यसै वर्षको जुलाईमा हत्या गरेको स्वीकार गरेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाउने कुरा गरे […]

Dec 24, 2024 - 02:44
 0
हमासका नेता हानियाको इरानमा हत्या गरेको इजरायलद्वारा स्वीकार

काठमाडौं । इजरायलले इरानको तेहरानमा हमासका वरिष्ठ नेता इस्माइली हानियाको हत्या गरेको पुष्टि गरेको छ ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक नेता इस्माइल हानियालाई तेहरानमा यसै वर्षको जुलाईमा हत्या गरेको स्वीकार गरेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाउने कुरा गरे । यस क्रममा उनले हमासका नेताहरूसँग पनि कुराकानी गरे ।

हानिया मारिएको बेला इरानको तेहरानस्थित एउटा भवनमा थिए । त्यसबेला पनि हमास र इरानले इजरायललाई नै हमलाको जिम्मेवार ठहर गरेका थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग गाजामा युद्धविराममा सहमतिको दिशामा केही प्रगति भएको बताएका छन् । तर, यो सम्झौता कहिले हुन्छ भन्ने कुनै समय सीमा तोकिएको छैन ।

हमास र इजरायलबीच ९० प्रतिशत वार्ता पूरा भइसकेको तर केही महत्वपूर्ण विषयमा छलफल हुन बाँकी रहेको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register