अमेरिकामा नेपाली युवाले मापसे गरी गाडी कुदाउँदा २ नेपालीकै मृत्यु, चालकविरुद्ध ज्यान मुद्दा

भर्जिनिया, अमेरिका । नेपाली मूलका युवकले मापसे गरेर गाडी चलाउँदा भर्जिनियाको स्यानटिली सहरमा दुई नेपालीको ज्यान गएको छ । दुर्घटनामा संलग्न ३० वर्षीय विजय तामाङमाथि हत्या अभियोग (Involuntary Manslaughter) दर्ता गरिएको छ । दुर्घटना नोभेम्बर २२, शुक्रबार बिहान १२:३० बजे  लाउडन काउन्टी पार्कवे  र टल सिडार्स पार्कवेको छेउमा भएको हो । तामाङले चलाएको २०२३ मोडेलको […]

Nov 23, 2024 - 03:17
 0
अमेरिकामा नेपाली युवाले मापसे गरी गाडी कुदाउँदा २ नेपालीकै मृत्यु, चालकविरुद्ध ज्यान मुद्दा

भर्जिनिया, अमेरिका । नेपाली मूलका युवकले मापसे गरेर गाडी चलाउँदा भर्जिनियाको स्यानटिली सहरमा दुई नेपालीको ज्यान गएको छ । दुर्घटनामा संलग्न ३० वर्षीय विजय तामाङमाथि हत्या अभियोग (Involuntary Manslaughter) दर्ता गरिएको छ ।

दुर्घटना नोभेम्बर २२, शुक्रबार बिहान १२:३० बजे  लाउडन काउन्टी पार्कवे  र टल सिडार्स पार्कवेको छेउमा भएको हो । तामाङले चलाएको २०२३ मोडेलको फोर्ड मस्टाङ अनियन्त्रित भई सडक मुनि पुगेर रूखमा ठोक्किँदा दुई यात्रुको मृत्यु भएको हो । अन्य दुई जना घाइते भएका छन् ।

लाउडन काउन्टी शेरिफ कार्यालयका अनुसार तामाङले मादक पदार्थ सेवन गरेर गाडी चलाएका थिए । अनुसन्धानकर्ताहरूले दुर्घटनाको प्रमुख कारण रक्सी रहेको बताएका छन् ।

चालकमाथि कानुनी कारबाही हत्या र मापसे गरेर लापरवाहीपूर्वक सवारी चलाएको  अभियोगहरूको पनि अनुसन्धान भइरहेको छ । दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको परिचय हालसम्म खुलाइएको छैन। घाइतेहरूको अवस्था र उनीहरूको उपचार सम्बन्धी जानकारी प्राप्त भइसकेको छैन ।

विदेशमा नेपालीहरूको यो प्रकारको लापरवाह र मादक पदार्थ सेवनका घटनाले नेपाली समुदायलाई गहिरो धक्का पुर्‍याएको छ । अमेरिकी कानुनअनुसार, तामाङलाई कडा सजाय हुन सक्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register