कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

काठमाडौं । एनपीएलमा कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ । रोहितले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा लुम्बिनीको पहिलो जित सम्भव भएको हो । रोहितले ब्याटिङको क्रममा ८० रनको योगदान गर्दा बलिङमा १७ रन खर्चेर ४ विकेट लिएका हुन् । यससँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना जिवित रहेको छ । […]

Dec 10, 2024 - 06:31
 0
कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

काठमाडौं । एनपीएलमा कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ ।

रोहितले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा लुम्बिनीको पहिलो जित सम्भव भएको हो । रोहितले ब्याटिङको क्रममा ८० रनको योगदान गर्दा बलिङमा १७ रन खर्चेर ४ विकेट लिएका हुन् ।

यससँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना जिवित रहेको छ । एनपीएलमा अब लुम्बिनीले लिग चरणमा काठमाण्डु गुर्खाज र कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

यी दुवै खेलमा जित हासिल गर्दै लुम्बिनीले प्लेअफ पुग्न थप अन्य खेलमा नतिजामा पनि भर पर्नुपर्ने छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले हरायो । लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवन पूरै ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो ।

चितवनका लागि लुक बेन्केनस्टाइनले ३१ रन बनाए । कप्तान कुशल मल्लले २०, रवि बोपाराले १२ र सन्तोष कार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडी गतिलो प्रदर्शन गर्न सकेनन् ।

लुम्बिनीका लागि रोहितले ४, रामोन सिमन्ड्सले २ तथा अभिषेश गौतम र साद विन जफरले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान पौडेलले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान गरे । साद बिन जफरले ५२ रन बनाए ।

सुरुवातमा ४ विकेट गुमाएर धरापमा आएको लुम्बिनीको ब्याटिङलाई रोहित र जफरको शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए ।

५ विकेटका लागि ६४ बलमा रोहित र जफरले १०० रनको साझेदारी पूरा गरेका हुन् ।

अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भएका थिए ।

चितवनका लागि रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जितकुमारले १–१ विकेट लिए । चितवनका लागि नरबहादुर सार्कीले डेब्यू गरेका छन् । उनले २ ओभर बलिङ गर्दै १८ रन खर्चेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register