८ वर्षे प्रेममा धोका दिन लागेपछि युवतीले काटिन् प्रेमीको लिङ्ग
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगर जिल्लामा एक युवतीले प्रेममा धोका दिन लागेका प्रेमीको लिङ्ग काटिदिएकी छन् । प्रेम सम्बन्धमा रहेका युवकले अर्कै युवतीसँग बिहे गर्न लागेको जानकारी पाएपछि युवती आक्रोशित भएकी थिइन । कुल्हेडी गाउँमा बस्ने २१ वर्षिय एहतशाम उर्फ बबलू र ति २२ वर्षिया युवतीबीच ८ वर्षदेखि प्रेम सम्बन्ध थियो । केटाले आफूलाई […]

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगर जिल्लामा एक युवतीले प्रेममा धोका दिन लागेका प्रेमीको लिङ्ग काटिदिएकी छन् ।
प्रेम सम्बन्धमा रहेका युवकले अर्कै युवतीसँग बिहे गर्न लागेको जानकारी पाएपछि युवती आक्रोशित भएकी थिइन ।
कुल्हेडी गाउँमा बस्ने २१ वर्षिय एहतशाम उर्फ बबलू र ति २२ वर्षिया युवतीबीच ८ वर्षदेखि प्रेम सम्बन्ध थियो ।
केटाले आफूलाई धोका दिएर मेरठको एक गाउँकी युवतीसँग बिहे तय गरेपछि आक्रोशित भएकी युवतीले आइतबार यो घटना गराएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
युवतीले केटालाई होटलमा भेट्न बोलाएकी थिइन, जहाँ दुईबीच केहीबेर झगडा समेत भएको थियो । पछि युवतीले साथमा लगेको चक्कुले युवकको लिङ्ग काटिदिएको प्रहरीले जनाएको छ ।
युवकको अवस्था गम्भीर छ । उनको मेरठ मेडिकल कलेजमा उपचार भइरहेको छ । युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
What's Your Reaction?






